6 years ago
March 7, 2020
पोखरा (हाम्रो खेलकुद)– विभागीय टोली नेपाल पुलिस क्लबले आहा रारा गोल्डकपको क्वाटरफाइनलमा आयोजक सहारा क्लबलाई टाइब्रेकर ४-२ ले पराजित गरेको छ । यस जितसँगै पुलिस अन्तिम चारमा प्रवेश गरेको हो ।

पोखरा रंगशालामा शनिबार निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा थप गोल नहुँदा टाइब्रेकरमा खेल निर्धारण भयो । टाइब्रेकरमा पुलिसका लागि भारत साह, सौजन याक्खा राई, हेम तामाङ र सुमन सुवेदीले गोल गरे । पुलिसका अनुप लिम्बूको प्रहारलाई सहाराका गोलरक्षक अर्पण कार्कीले बचाए । सहाराका लागि पहिलो प्रहार नै सफल भएन । उलरीच सिवेको प्रहार पुलिसका रोशन खड्काले विफल पारे । सहाराका आशिष गुरुङ र अजय श्रेष्ठले गोल गर्दा त्रिदेव गुरुङको प्रहार भने बाहिरियो ।
त्यसअघि खेलको ७५ औं मिनेटमा पुलिसले भारत साहको गोलमा अग्रता लिएको थियो । तर सहाराले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै खेल अतिरिक्त समयमा लम्ब्यायो । सहाराका लागि वैकल्पिक अजय श्रेष्ठले गोल गरेका थिए । थप गरिएको ३० मिनेटमा दुवै टोलीबाट गोल हुन सकेन । यद्दपी अतिरिक्त समयको अन्तिम समयमा भोला सिलवालले रातो कार्ड पाएपछि पुलिस १० खेलाडीमा सिमित भयो ।
खेलको आठौं मिनेटमा पुलिसका निरकुमार राइको फ्रीकिकलाइ उत्कृष्ट बचाउ गर्दा सहाराका गोलरक्षक अर्पण केहि घाइते देखिएका थिए । खेलको २४ औं मिनेटमा सहाराका अनिष पोमु लिम्बुको हेडर क्रसबार नजिकैबाट बाहिरियो । खेलको ३९ औं मिनेटमा पुलिसका निरकुमार राइको प्रहार क्रसबारमा लाग्दै फर्कीयो ।
शारीरिक रुपमा बलियो देखिएको पुलिसले सहारालाइ केहि दबाबमा राखे पनि गोल गर्न भने सकेन । खेलको ६४ औं मिनेटमा सहाराका सुमित श्रेष्ठको उत्कृष्ट प्रहार सेकेन्डबारमा लाग्दै फर्कंदा सहारा अग्रता लिनबाट चुक्यो । पुलिसका गोलरक्षक रोशन खड्काले नभेटेको बल सेकेन्डबारमा लाग्दै खड्काको हातमा आएको थियो ।
ए डिभिजन टोली ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई हराउँदै आयोजक टोली अन्तिम आठमा पुगेको थियो । पुलिसले भने बाई पाएर सिधै क्वाटरफाइनल खेलेको हो । प्रतियोगिताको सेमिफाइनलमा अब पुलिसले रुस्लान थ्री स्टार र भारतीय टोली गान्तोक फुटबल क्लबको विजेतासँग खेल्नेछ । आइतबार हुने दोस्रो क्वाटरफाइनलमा नेपाल आयल निगम मनाङ मर्स्याङ्दीले झापा-११ फुटबल क्लबको सामना गर्नेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]