5 years ago
March 7, 2020
दीपक बोहोरा, इलाम
मछिन्द्र क्लबले इलामको माइभ्याली गोल्डकपको उपाधि जितेको छ । आयोजक माइभ्याली फुटबल क्लबलाई १-० ले पराजित गर्दै मछिन्द्रले पहिलो पटक माइभ्यालीको उपाधि जितेको हो ।
ठुलो टुँडिखेलमा भएको फाइनलमा दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा आन्द्रेस नियाले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । त्यहि गोल जितमा लागि पर्याप्त रह्यो । उपाधिसँगै मछिन्द्रले आठ लाख र उपविजेता माइभ्यालिले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
फाइनल खेलको पहिलो हाफ निकै प्रतिपर्धात्मक रहयो । दुवै टोलीले पाएका केहि अवसर गुमाउदा दुबै टोलीले अग्रता लिन सकेनन् । खेलको १२ औं माइभ्यालीका कप्तान छिरिङ गुरुङले गोलको राम्रो अवसर गुमाए । २२ औं मिनेटमा मछिन्द्रका रेजिङ सुब्बाको प्रहार आकासियो । ४३ अैं मिनेटमा मछिन्द्रका विमलले गोलको अवसर गुमाए ।
ए डिभिजन लिगको उपाधिपछि झापामा सताक्षी गोल्डकप जितेको मछिन्द्रले माइभ्यालीको सेमिफाइनलमा भारतको माने भञ्जाङ फुटबल क्लबलाई हराएको थियो । आयोजक माइभ्यालीले भने लिगको दोस्रो टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]
December 12, 2024
एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा पनि रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]