6 years ago
March 8, 2020
पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी आहा रारा गोल्डकपको १८ औं संस्करण अन्तर्गत दोस्रो क्वाटरफाइनलमा आइतबार नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब र रमपम झापा-११ फुटबल क्लब भिड्दैछन् । यो खेल प्रतियोगिताको समग्रमा २ सयौं खेल पनि हो ।

विक्रम संवत २०५८ सालमा क्याराभान गोल्डकपको नामबाट सुरु भएको यस प्रतियोगिता त्यसयता २०५९ सालदेखि आहा राराको नाममा १८ औं संस्करणसम्म आइपुगेको छ । यसक्रममा नेपाल पुलिस क्लबले सर्वाधिक ६ पटक उपाधि जितेको छ भने मनाङ र रुस्लान थ्री स्टार ५ उपाधिसहित पछ्याइरहेका छन् । तीनै टोली यसपटक उपाधि होडमा छन् ।
पुलिसले शनिबार पहिलो क्वाटरफाइनलमा आयोजक सहारालाई टाइब्रेकरमा पाखा लगाउँदै अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । मनाङले आज झापा-११ सँग प्रतिस्पर्धा गर्दैछ । थ्री स्टार भने सोमबार हुने क्वाटरफाइनलका लागि पोखरा आइपुगेको छ ।
झापा-११ ले यसअघि नेपाल एपीएफ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । ठूला नाम नरहेपनि एपीएफविरुद्ध प्रभावशाली प्रदर्शन गरेको झापा मनाङको लागि टाउको दुखाइ बन्न सक्छ । यता बुढासुब्बा गोल्डकपको उपाधि जितेपछि मनाङ एक साता विश्राम लिएर पोखरा आइपुगेको छ । पछिल्लो दुवै संस्करणमा फाइनल पुग्न चुकेको मनाङ यसपटक उपाधि थप्ने सुरमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]