6 years ago
March 8, 2020
पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकप फुटबल प्रतियोगिताले आइतबार अर्को एउटा कोसेढुंगा पार गरेको छ । सहारा क्लबको आयोजनामा हुने आहा रारा गोल्ड कपको आइतबारको खेल २ सयौं खेल हो ।

२०५८ सालमा क्याराभान गोल्डकपको नामबाट सुरु भएको गोल्डकप त्यसपछि आहा रारा गोल्डकपको नामबाट सञ्चालन हुँदै आइएको छ । यो आहा राराको १८ औं संस्करण हो ।
पोखरा रंगशालामा विभिन्न सांस्कृति कार्यक्रमसहित दुवै टोलीका खेलाडीलाई मायाको चिनो प्रदान गरिएको थियो । प्रतियोगिताको क्वार्टरफाइनलमा सोमबार नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुँदैछ । सो अवसरमा बेलुन पनि उडाएको थियो ।
आहा रारा गोल्डकपमा नेपाल पुलिस क्लबसर्वाधिक सफल टोली हो । पुलिसले ६ पटक उपाधि जितेको छ । मनाङ र रुस्लान थ्री स्टार क्लबले समान ५ पटक उपाधि जितेको छ । तीनै टोली यसपटक उपाधि होडमा छन् ।
पुलिसले शनिबार पहिलो क्वाटरफाइनलमा आयोजक सहारालाई टाइब्रेकरमा पाखा लगाउँदै अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । मनाङले आज झापा ११ सँग प्रतिस्पर्धा गरिरहेका छ । थ्री स्टार भने सोमबार हुने क्वाटरफाइनलका लागि पोखरा आइपुगेको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]