6 years ago
March 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अन्जन विष्टको निर्णायक गोलमा नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार पोखरा रंगशालामा भएको खेलमा मनाङले झापा-११ फुटबल क्लबलाई १-० ले पराजित गरेको हो । अन्तिम चारमा मनाङले अब त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच खेलको विजेतासँग खेल्नेछ ।
खेलको ११ अौं मिनेटमा मनाङका अन्जन विष्टले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । १७ अौं मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा आदित्य चौधरीको हेडरलाई झापाका गोलरक्षक राजकुमार लिम्बूले बचाए । २९ अौं मिनेटमा निशान लिम्बुले पेनाल्टी क्षेत्र भित्रबाट अनमार्क रहेको अवस्थामा गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।
लगातार दवाव बनाएको मनाङ ३३ अौं मिनेटमा पुन: अर्को अवसरबाट चुक्यो । गोलरक्षक पोजिसनमा नरहेको अवस्थामा फरवार्ड विमल रानाले सट प्रहार गर्न सकेनन् । ४२ अौं मिनेटमा विमलको फ्लिक हेडरमा दयानन्द सिंहले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको भली प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।
इन्ज्युरी समयको पहिलो मिनेटमा अन्जनको प्रहार गोलरक्षक राजकुमारले बचाउँदा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा झापाले राष्ट्रिय टोलीका डिफेन्डर देवेन्द्र तामाङ र मिडफिल्डर विशाल राईलाई मैदान प्रवेश गरायो । लगातार आक्रमण बुनेको मनाङले ७६ अौं मिनेटमा अन्जनको गोलमा अग्रता लियो । दयानन्दको लामो पासलाई अन्जनले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रणमा लिँदै गरेको प्रहारलाई गोलरक्षकले बचाउन सकेनन् ।
इन्ज्युरी समयको दोस्रो मिनेटमा विमलले पेनाल्टी क्षेत्रभित्र पाएको अवसर सदुपयोग गर्न सकेनन् । लगत्तै मनाङका डिफेन्डर फ्लोरेन्टले सुनिल खड्काको प्रहारलाई ब्लक गर्दै खतरा टारे । अन्तिम मिनेटमा अभिषेक गुरुङ वन भर्सेस वनमा चुक्दा झापाले खेलमा हार बेहोर्नुपर्यो ।
प्रतियोगिता अन्तर्गत सोमबार तेस्रो क्वाटरफाइनलमा रुस्लान थ्री स्टार क्लबले भारतको गान्तोक फुटबल क्लबसँग खेल्नेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]