6 years ago
March 8, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले सानदार जित निकालेको छ । घरेलु मैदानमा चेल्सीले एभर्टनमाथि ४–० को सानदार जित हात पारेको हो ।

चेल्सीको प्रभावशली जितमा मासन माउन्ट पेड्रो रोड्रिग्वेज, विलियन र ओलिभर जिरुउडले गोल गरे । चेल्सीले पहिलो हाफमा २ तथा दोस्रो हाफमा पनि समान दुई गोल गर्न सफल भएको थियो ।

जितसँगै चेल्सीले प्रिमियर लिगमा शीर्ष चारमा रहेर अर्काे सिजनको लागि च्याम्पियन्स लिगमा स्थानको लागि बलियो पकड बनाएको छ । चेल्सीको २९ खेलबाट ४८ अंक पुगेको छ । जुन पाँचौ स्थानको वल्भ्सको भन्दा ५ अंक बढी हो । पराजित एभर्टन ३७ अंक जोडेर १२औं स्थानमा यथावत छ ।

घरेलु मैदानमा चेल्सीले पाहुना टोलीलाई सुरुवाटै दवावमा राख्न सफल हुदा १४औं मिनेटमा अग्रता लिन सफल भएको थियो । पेड्रो रोड्रिग्वेजको पासमा मासन माउन्टले सुन्दर फिनिस गरेका थिए । यो गोलको लागि चेल्सीले २० पास खेल्दै मुभ बनाएको थियो । १८औं मिनेटमा विलियनको प्रहार बाहिरिदा चेल्सी अग्रता दोब्बर पार्नबाट चुक्यो ।

२१औं मिनेटमा चेल्सीले अग्रता दोब्बर पार्न सफल भयो । रोस बार्कलीको पासमा पेड्रो रोड्रिग्वेजले गोल गर्न सफल भएका थिए । २५औं मिनेटमा एभर्टनले अग्रता घटाउने सुन्दर अवसर खेर फालेको थियो । कोर्ट जुमाले रिचार्लीसनलाई मिस पास दिएपछि कल्भर्ट लेविनले गरेको प्रहार आकासिएको थियो ।

५१औं मिनेटमा विलियनले गोल गर्दै अग्रता तेब्बर बनायो । उनले रोस बार्कलीको पासमा गोल गर्न सफल भएका थिए । त्यसको तीन मिनेटपछि विलियनको पासमा ओलिभर जिरुउडले गोल गर्दै चेल्सीलाई सानदार जित दिलाए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]