6 years ago
March 9, 2020
पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकप अन्तर्गत तेस्रो क्वाटरफाइनलमा रुस्लान थ्री स्टार र गान्तोक फुटबल क्लबबीच खेल जारी रहेको छ ।

पोखरा रंगशालामा पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ । खेलको आठौं मिनेटमा मिक्छेन तामाङको कर्नरमा अनन्त तामाङको हेडर बाहिरिँदा रुस्लान थ्री स्टार अग्रता लिनबाट चुक्यो । १९अौं मिनेटमा निशान खड्काको ३० यार्ड टाढाको फ्रिकिक प्रहार पोस्टबाट थोरैले बाहिरियो ।
२१अौं मिनेटमा मिक्छेन तामाङको फ्रिकिकमा कप्तान बिक्रम लामाको हेडर बाहिरिँदा थ्री स्टारले खेलमा अग्रता लिनबाट चुक्यो । लगत्तै मिक्छेन तामाको कर्नरमा अनन्तको हेडर बाहिरियो ।
४३अौं मिनेटमा डन छिरिङ लेप्चाको फ्रिकिक पोस्टबाट थोरै बाहिरिदा ग्याङतोक सिटीले अग्रता लिने अवसर गुमायो ।
यस खेलको विजेताले सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिसले आयोजक सहारालाई टाइब्रेकरमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]