default_image

6 years ago

March 9, 2020

सुशानको दुई गोलसँगै थ्री स्टार सेमिफाइनलमा

206 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकप अन्तर्गत तेस्रो क्वाटरफाइनलमा रुस्लान थ्री स्टारले भारतको गान्तोक फुटबल क्लबलाई ३-० ले पराजित गरेको छ । थ्री स्टारको जितमा सुसान श्रेष्ठले २ तथा सन्जोक राईले १ गोल गरे ।

पोखरा रंगशालामा पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ । खेलको आठौं मिनेटमा मिक्छेन तामाङको कर्नरमा अनन्त तामाङको हेडर बाहिरिँदा रुस्लान थ्री स्टार अग्रता लिनबाट चुक्यो । १९औं मिनेटमा निशान खड्काको ३० यार्ड टाढाको फ्रिकिक प्रहार पोस्टबाट थोरैले बाहिरियो ।

२१औं  मिनेटमा मिक्छेन तामाङको फ्रिकिकमा कप्तान बिक्रम लामाको हेडर बाहिरिँदा थ्री स्टारले खेलमा अग्रता लिनबाट चुक्यो । लगत्तै मिक्छेन तामाको कर्नरमा अनन्तको हेडर बाहिरियो । ४३औं  मिनेटमा डन छिरिङ लेप्चाको फ्रिकिक पोस्टबाट थोरै बाहिरिदा ग्याङतोक सिटीले अग्रता लिने अवसर गुमायो ।

५६औं  मिनेटमा सन्जोक राईको प्रहार आकासियो । ६३औं  मिनेटमा आशिष देवानको  फ्रिकिक थ्री स्टारका गोलरक्षक पुर्ण चेम्जोङले सहजै नियन्त्रणमा लिए । ६४औं मिनेटमा डन छिरिङ लेप्चाको फ्रिकिकमा छिरिङ लेन्डुप भुटियाको हेडर पोस्टबाट थोरै बाहिरिदा ग्याङतोकले अग्रता लिने अवसर गुमायो ।

७०औं मिनेटमा अनन्त तामाङको क्रस पासमा सन्जाेक राईले पेनाल्टी बक्समा ओभरहेड किक प्रयास गरेपनि सफल हुन सकेन । उनको प्रहारलाई निम्डुप लेप्चाले नियन्त्रणमा लिए । ७९औं  मिनेटमा सन्जोक राईले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । निशान खड्काको पासमा मैदानको मध्यभागबाट बल अघि बढाउदै सन्जोकले एकल प्रयासमा गोलरक्षक निम्डुप लेप्चालाई जिल्याउदै गोल गर्न सफल भए ।

८५औं  मिनेटमा छिरिङ लेन्डुप भुटियाले सिधै पोस्टमा गरेको लामो प्रहारलाई थ्रीस्टारका गोलरक्षक पुर्ण चेम्जोङले मुस्किलले बचाउदै बराबरी टारे ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सुशान श्रेष्ठले गोल गर्दै थ्रीस्टारको जित पक्का गरे । लगत्तै सुशानले व्यक्तिगत दोस्रो गोल गर्दै थ्रीस्टारको ३-० को जित पक्का गरे ।

थ्री स्टारले अब फाइनल प्रवेशका निम्ति सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिसले आयोजक सहारालाई टाइब्रेकरमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो । प्रतियोगिता अन्तर्गत मंगलबार त्रिभुवन आर्मी क्लब र संकटाबीच अन्तिम क्वाटरफाइनल हुनेछ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.