default_image

6 years ago

March 10, 2020

संकटाविरुद्ध आर्मीलाई अग्रता

153 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले आहा रारा गोल्डकपको चौथो क्वाटरफाइनलमा संकटा क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

पोखरा रंगशालामा जारी खेलको पहिलो हाफमा आर्मी १-० ले अगाडि छ । १६अौं मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । नवयुग श्रेष्ठले डिफेन्डर अमित तामाङलाई छलाउँदै दिएको पासमा सुदिलले वान टचमा उत्कृष्ट फिनिस गर्दा संकटाका गोलरक्षक राजाबाबु थापाको बचाउने प्रयास सफल हुन सकेन ।

त्यसअघि १५अौं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिक दोस्रो बारबाट थोरै बाहिरिदा संकटा अग्रता लिनबाट चुकेको थियो । ३०अौं मिनेटमा सेसेहाङ आङदेम्वेको पासमा अनमार्क रहेका नवयुग श्रेष्ठले अवसर पाएपनि उनको प्रहार आकासिदा आर्मी अग्रता दोब्बर पार्नबाट चुक्यो ।

४१अौं मिनेटमा ड्याडी जुनियर वाम्वाको पेनाल्टी बक्स बाहिरको प्रहार आकासिदा संकटा बराबरीबाट चुक्यो ।

यस खेलको विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । मनाङले झापा-११ लाई १-० ले पराजित गरेको थियो ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.