6 years ago
March 11, 2020
पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले १८औं संस्करणको आहा रारा गोलडकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ । साविक विजेता रुस्लान थ्री स्टारलाई ३-० ले हराउँदै पुलिस उपाधि भिडन्तमा पुगेको हो । पुलिसको जितमा निरकुमार राईले २ तथा भरत शाहले १ गोल गरे ।

पोखरा रंगशालामा बुधबार भएको खेलमा पुलिसका कप्तान भरत साहले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । उनले खेलको आठौं मिनेटमा रवि पासवानको क्रस पासमा अशोक खवासलाई बिट गर्दै वान टचमा गोल गर्न सफल भएका थिए । त्यसअघि खेलको चौथौ मिनेटमा मिक्छेन तामाङको फ्रिकिकमा सन्जोक राईको हेडर फस्ट बारबाट बाहिरिँदा थ्री स्टार अग्रता लिनबाट चुकेको थियो ।
१०औं मिनेटमा भरत साहकै अर्काे प्रहारलाई थ्री स्टारका गोलरक्षक पुर्ण चेम्जोङले मुस्किलले बचाएका थिए । १९औं मिनेटमा सन्जोक राईको क्रसमा आशिष राईको प्रहारलाई अन्जन राईले ब्लक गर्दै सम्भावित बराबरी टार्दा थ्री स्टार बराबरीबाट चुक्यो ।
३३औं मिनेटमा मिक्छेन तामाङको कर्नरमा सुसान श्रेष्ठको हेडर पासमा सन्जोक राईको प्रहारलाई पुलिसका गोलरक्षक रोशन खड्काले मुस्किलले बचाउदा थ्री स्टार बराबरीबाट चुक्यो ।

५१औं मिनेटमा नीर कुमार राईले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । थ्री स्टारका कप्तान बिक्रम लामाको गल्तीमा बल अघि बढाउदै गरेको प्रहारलाई थ्री स्टारका गोलरक्षक पुर्ण चेम्जोङको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।
६३औं मिनेटमम अशोक खवासको क्रस पासमा सन्जोक राईको प्रहार गोलरक्षक रोशन खड्काले पञ्च गर्दै बचाए । ७२औं मिनेटमा नीर कुमार राईले गोल गर्दै पुलिसलाई सहज जिततर्फ डोर्याए । तेज तामाङको पासमा अनमार्क रहेका निरकुमार राईले गोल गरेन सफल भएका थिए ।
पुलिसले अब फाइनलमा मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग फाइनल खेल्नेछ । दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]