6 years ago
March 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबको फुटबल टोलीले एकै साथ दुई अलग अलग प्रतियोगितामा भाग लिइरहेको छ । एउटा टोली पोखरामा जारी आहा रारा गोल्ड कपमा प्रतिस्पर्धा गरिरहँदा अर्को टोलीले भने सर्लाहीको बागमती नगरपालिकामा जारी राजर्षी जनक कप फुटबल प्रतियोगितामा भाग लिइरहेको छ ।

पुलिसका लागि बुधबारको दिन सुखद रह्यो । रुस्लान थ्री स्टार क्लबलाई हराउँदै १८ औं आहा रारा गोल्डकपको फाइनलमा पुगेको पुलिस राजर्षी जनक कपको सेमिफाइनलमा पुगेको छ । जुमानु राईको कप्तानीमा रहेको टोलीले ब्वाइज युनियन क्लबलाई ३–० ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो ।
अब पुलिसले सुदूरपश्चिम ११ स्पोर्टस क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । पुलिसर्लाइ जित दिलाउन तीर्थबहादुर राना, पदम भट्टराई र विशाल बस्नेतले गोल गरेका थिए । तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । तीर्थले ४६ औं, पदमले ७८ औं र विशालले ९० औं मिनेटमा गोल गरेका थिए । म्यान अफ दी म्याच बनेका पदमले १० हजार रुपैयाँ प्राप्त गरे ।
बागमती नगरपालिका र बागमती युवा क्बले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा बिहीबार प्रभु बैंक जावलाखेल युथ क्लब र भारत दार्जिलिङको युकेएफसीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]