default_image

6 years ago

March 12, 2020

फाइनल पुग्न आर्मी र मनाङ भिड्दै

163 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करणको सेमिफाइनलमा घरेलु फुटबलका दुई परिचित क्लब त्रिभुवन आर्मी क्लब र नेपाल आयल निगम मनाङ–मर्स्याङ्दि क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

लिगपछि मोफसल यात्रामा रहेको दुई टोली पहिलोपटक आमने सामने हुन लागेका हुन् । खेल पोखरा रंगशालामा दिउँसो ३ बजेपछि हुनेछ । ‘ए’ डिभिजन क्लब संकटालाई ३–० ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको आर्मी युवा खेलाडीले भरिएको मनाङलाई पराजित गर्दै लगातार दोस्रोपटक फाइनल पुग्ने दाँउमा हुनेछ ।

आर्मी अघिल्लो वर्ष फाइनलमा रुस्लान थ्री स्टारसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपाधि विमुख बनेको थियो । पहिलो रोजाईका गोलरक्षक विकेश कुथुविनाको आर्मीको पोस्ट विवश चौधरीले सम्हाल्नेछन् । रक्षापङ्तिमा विकास खवास, सुमन अर्याल, विकास तामाङ र दीपक गुरुङ हुनेछन् । मिडफिल्डमा सन्तोष तामाङ र सेसेहाङ आङदेम्बे रहँदा अग्रपङ्तिमा कप्तान भरत खवाससँगै नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की र सुदिल राई रहनेछन् । उनीहरु विपक्षी टोलीविरुद्ध टाउको दुखाई बन्न सक्छन् ।

यता, आहा राराको सर्वाधिक सफल मध्येको मनाङ आर्मीलाई स्तब्ध पार्दै फाइनल पुग्ने दाउमा हुनेछ । युवा खेलाडी र विदेशी खेलाडीको तालमेल रहेको मनाङले ‘ए’ डिभिजन लिगमा आर्मीलाई १–० ल पराजित गरेको थियो । मनाङ सोही जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

मनाङसँग अन्जन विष्ट, विमल राना, दयानन्द सिंह, लुइस भिडाल, निशान लिम्बु, फ्लोरेन्ट कोआरा, आदित्य चौधरी, पुजन उपरकोटी, सुरज विके, कमल श्रेष्ठसँगै गोलरक्षक अशोक बराल रहनेछन्। यस्तै रन्जन विष्ट र सुशिल लामा पनि मनाङको साथमा छ । मनाङले झापा-११ फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

दुवै टोलीमा स्तरीय खेलाडी रहेका कारण खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । यि दुई टोलीबीचको विजेताले शनिबार फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिसले बुधबार साविकको विजेता रुस्लान थ्री स्टार क्लबलाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

गोल्डकपको विजेताले १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछ ।

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

Success

Thank you for your time.