6 years ago
March 12, 2020
पोखरा (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लबले आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । पोखरा रंगशालामा मनाङ २-१ ले अगाडि छ ।

खेलको चौथो मिनेटमा फ्लोरेन्टले गोल गर्दै मनाङ-मर्स्याङ्दीलाई अग्रता दिलाए । सुशिल लामाको कर्नरमा विमल रानाको हेडरलाई अन्जन विष्टले मिलाईदिएको पासमा फ्लोरेन्टले वान टचमा गोल गर्न सफल भएका थिए । १८औं मिनेटमा मनाङका अन्जन विष्टले एकल प्रयासमा गरेको प्रहार सदुपयोग हुन सकेन ।
१९औं मिनेटमा आर्मीका कप्तान भरत खवासको प्रहारलाई मनाङका गोलरक्षक सोजित गुरुङले नियन्त्रणमा लिए । २२औं मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा जर्जप्रिन्स कार्कीको प्रहार आकासियो । २४औं मिनेटमा दयानन्द सिंहले वान भर्सेस वानकै अवस्थामा गरेको प्रहार फितलो बन्दा मनाङ अग्रता दोब्बर पार्नबाट चुक्यो ।

२९औं मिनेटमा बिमल रानाले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । अन्जन विष्टको पासमा अनमार्क रहेका विमलले दोस्रो बार च्याप्दै गरेको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले रोक्ने कुनै मौका नै पाएनन् ।
आर्मीले खेलको ४२ औं मिनेटमा गोल गर्दै खेलमा फर्कियो । सुमन अर्यालको क्रसमा नवयुग श्रेष्ठले दिएको हेडर पासमा कप्तान भरतले ६ यार्ड बक्स भित्रबाट नै हेडरमा गोल गरे ।
यस खेलको विजेताले फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । फाइनल शनिबार हुनेछ । उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]