5 years ago
March 12, 2020
पोखरा (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लबले आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालामा मनाङ ३-२ ले विजयी हुँदै पुलिससँग उपाधि भिडन्त पक्का गरेको हो ।
खेलको चौथो मिनेटमा फ्लोरेन्टले गोल गर्दै मनाङ-मर्स्याङ्दीलाई अग्रता दिलाए । सुशिल लामाको कर्नरमा विमल रानाको हेडरलाई अन्जन विष्टले मिलाईदिएको पासमा फ्लोरेन्टले वान टचमा गोल गर्न सफल भएका थिए । १८औं मिनेटमा मनाङका अन्जन विष्टले एकल प्रयासमा गरेको प्रहार सदुपयोग हुन सकेन ।
१९औं मिनेटमा आर्मीका कप्तान भरत खवासको प्रहारलाई मनाङका गोलरक्षक सोजित गुरुङले नियन्त्रणमा लिए । २२औं मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा जर्जप्रिन्स कार्कीको प्रहार आकासियो । २४औं मिनेटमा दयानन्द सिंहले वान भर्सेस वानकै अवस्थामा गरेको प्रहार फितलो बन्दा मनाङ अग्रता दोब्बर पार्नबाट चुक्यो ।
२९औं मिनेटमा बिमल रानाले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । अन्जन विष्टको पासमा अनमार्क रहेका विमलले दोस्रो बार च्याप्दै गरेको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले रोक्ने कुनै मौका नै पाएनन् ।
आर्मीले खेलको ४२ औं मिनेटमा गोल गर्दै खेलमा फर्कियो । सुमन अर्यालको क्रसमा नवयुग श्रेष्ठले दिएको हेडर पासमा कप्तान भरतले ६ यार्ड बक्स भित्रबाट नै हेडरमा गोल गरे ।
५९अौं मिनेटमा बिमल रानाको क्रस पासमा पेनाल्टी बक्समा अनमार्क रहेका अन्जन बिष्टको हेडर आर्मीका गोलरक्षक विवश चौधरीले सहजै नियन्त्रणमा लिए । ६९अौं मिनेटमा जर्जप्रिन्स कार्कीको हेडर क्रसबारबाट बाहिरिदा आर्मीले खेल बराबरी गर्नबाट चुक्यो । बिबेक बस्नेतको क्रसमा भरत खवासले मिलाई दिएको हेडर पासलाई जर्जले सदुपयोग गर्न सकेन ।
७४अौं मिनेटमा नवयुग श्रेष्ठको प्रहारलाई मनाङका गोलरक्षक सोजित गुरुङले मुस्किलले पञ्च गर्दै बचाए । लगत्तै कर्नरमा आएको बलमा सोजित नै बाधक बन्दा आर्मी बराबरीबाट चुक्यो । ८१अौं मिनेटमा अन्जन बिष्टले गोल गर्दै मनाङलाई ३-१ को अग्रता दिलाए । आर्मीका बिकास तामाङको गल्तिमा काउन्टर अट्याकमा बिमलले मिलाई दिएको पासमा अन्जनले वान भर्सेस वानकै अवस्थामा बिट गर्दै गोल गर्न सफल भएका थिए ।
८३अौं सब्सिच्युट खेलाडी टंक बस्नेतको क्रसमा दिप लामाले गोल गर्दै खेललाई ३-२ को अवस्थामा ल्याए । थप प्रयासमा गोल गर्न नसकेपछि मनाङ फाइनलमा प्रवेश गरेको हो । फाइनल शनिबार हुनेछ । उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]