6 years ago
March 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन टोली प्रभु बैंक जावलाखेल युथ क्लब चौथो राजर्षी जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सर्लाहीको बागमतीमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनलमा भारत दार्जिलिङको यूकेएफसीलाई २–० ले हराउँदै जावलाखेल अन्तिम चारमा पुगेको छ । अब जावलाखेलले भारत सिलगुढीको कन्चनजंगा एफसीको सामना गर्नेछ ।

जवलाखेललाई बिहीबार जित दिलाउन रुपबहादुर लामा र फोडे फोफोनाले गोल गरेका थिए । रुपबहादुरले १४ औं मिनेटमा गोल गरे भने फोफानाले ६८ औं मिनेटमा टोलीका लागि दोस्रो गोल गरे । म्यान अफ दी म्याच बनेका रुपबहादुरले १० हजार रुपैयाँ प्राप्त गरे ।
बागमती नगरपालिका र बागमती युवा क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा शुक्रबार हुने पहिलो सेमिफाइनलमा साविक विजेता सुदूरपश्चिम ११ स्पोर्टस क्लबले अर्को ए डिभिजन टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । राजर्षीको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
पुलिसको अर्को टोलीले शनिबार पोखरामा आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ ।
अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई बिहीबार ३–२ हराउँदै मनाङले अन्तिम दुईको यात्रा तय गरेको थियो । अघिल्लो दिन रुस्लान थ्री स्टार क्लबलाई २–० ले हराउँदै पुलिसले आहा रारा गोल्डकपको फाइनल यात्रा तय गरेको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]