6 years ago
March 13, 2020
पोखरा (हाम्रो खेलकुद) – मोफसलको सबैभन्दा चर्चित र प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करणको उपाधिको लागि शनिबार घरेलु फुटबलका दुई चिरपरिचित टोली नेपाल पुलिस क्लब र नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो १ बजेपछि पोखरा रंगशालामा हुनेछ । मनाङले उपाधि दावेदार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ ले तथा पुलिसले डिफेन्डिङ च्याम्पियन रुस्लान थ्री स्टार क्लबलाई ३–० ले पाखा लगाउदै फाइनलमा स्थान पक्का गरेको थियो । दुवै टोलीले राम्रो टोलीलाई हराएका कारण पनि फाइनल खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिन्छ ।
आहा रारामा दुवै टोली निकै सफल छन् । क्याराभान गोल्डकपससहित पुलिस आहा रारामा ६ पटक च्याम्पियन भइसकेको छ । मनाङले ५ पटक उपाधि जित्न सफल भएको छ ।
पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेल बराबरकै रहेको मौकाको सदुपयोग गर्ने टोली च्याम्पियन बन्ने बताए । ‘दुवै टोली समान स्तरका छन् । हामीले पछिल्लो समय राम्रो गरिरहेका छौं । फाइनलमा मनाङलाई पराजित गर्दै च्याम्पियन बन्ने लक्ष्यमा हुनेछौं,’ खेल अघिको प्रि–म्याच पत्रकार सम्मेलनमा प्रशिक्षक थापाले भने ।
‘युवा खेलाडीको बाहुल्यता रहेको मनाङलाई हामी कमजोर आक्ने छैनौं । उनीहरुले निकै राम्रो फुटबल खेलिरहेका छन् । हामी उनीहरुलेभन्दा पनि राम्रो खेलेर च्याम्पियन बन्ने दाउमा हुनेछौं ।’

यस्तै प्रशिक्षक थापाले पोखरा मनाङको घरेलु मैदान जस्तै रहेकाले दर्शकहरुको साथ उनीहरुलाई रहेपनि खेल आफ्नो पक्षमा पार्दै उनीहरुको समर्थलाई आफ्नो बनाउने प्रयास रहने बताए । ‘पोखरामा हामी पनि सफल छौं । यौ मैदान हामीलाई निकै फापेको छ । मैले यो मैदानमा खेलाडी र प्रशिक्षकको रुपमा उपाधि जितिसकेका छौं । फेरि एकपटक मेरो नेतृत्वमा पुलिसलाई च्याम्पियन बनाउने प्रयास हुनेछ,’ प्रशिक्षक थापाले थपे ।
‘मोफसलको गोल्डकपमध्ये पोखरामा आएर खेल्नुमा छुट्टै आनन्द छ । मनाङ नयाँ मिश्रण टिम हो । नाम चलेका खेलाडी नरहेपनि मनाङले नतिजा मुखी खेल पस्किरहेको छ । त्यसैले हामी मनाङसँग सचेत छौं । रणनीति बनाएर शतप्रतिशत दिएर खेल्नेछौं । उनीहरुको बलियो र कमजोर पक्ष केलाएका छौं । एकै पेशमा खेल्न सके जित्न सकिने आधार छ,’ प्रशिक्षक थापाले भने । पुलिसका कप्तान भरत साहले युवा टोली रहेको र जोशका साथ खेलिरहेको र मनाङविरुद्ध पनि त्यही जोसमा खेल्ने र च्याम्पियन बन्ने बताए ।

मनाङका प्रशिक्षक तोपे फुजाले मनाङ फाइनलको लागि तयार रहेको बताए । ‘हामी पुलिसविरुद्ध फाइनलका लागि तयार छौं । पुलिस कमजोर टोली होइन । नेपालको एक मध्ये उत्कृष्ट टोली हो,’ खेल अघिको प्रि–म्याच पत्रकार सम्मेलनमा प्रशिक्षक फुजाले भने, ‘खेलको अवस्था अनुसार टिम तयार पार्नेछौं । फाइनल खेल पक्कै पनि रोमाञ्चक हुनेछ । हामी योजना अनुसार खेल्दै उपाधि जित्ने लक्ष्यमा हुनेछौं ।’
मनाङका कप्तान कमल श्रेष्ठले प्रशिक्षकको रणनीति अनुसार खेल्दै च्याम्पियन बन्न खेल्ने बताए । ‘पुलिस आर्मी जस्तै पेशमा खेल्ने टोली हो । पुलिस इतिहास बोकेको टोली हो । हामी पुलिसलाई इजी लिने छैनौं ।’ कप्तान कमलले भने, खेलाडीहरु पुर्ण रुपमा फिट छन् । पुलिसलाई लगातार हराउने योजनामा छौं । हामी जितको लागि तयार छौं ।’
यि दुई टोली क्याराभान गोल्डकपसहित चौथोपटक फाइनलमा खेल्न लागेका हुन् । दुई टोली १६ वर्षपछि फाइनलमा आमनेसामने हुनेछन् । क्याराभान गोल्डकपमा पुलिस २–१ ले विजयी भएको थियो । दोस्रो संस्करणमा मनाङले पुलिसलाई ३–१ ले हराएको थियो । तेस्रो संस्करणमा पनि मनाङले पुलिसलाई ३–२ ले हराएको थियो ।

मनाङले हालसम्म १६ संस्करण खेल खेल्दै पाँचपटक उपाधि जितेको छ । यस्तै पुलिसले क्याराभानसहित १७ संस्करणमा सहभागिता जनाउदा छ पटक उपाधि जितेको छ । उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।
फाइनल हेड टु हेड :
क्याराभान गोल्डकप २०५८ : पुलिसविरुद्ध मनाङ (२–१)
आहा रारा २०६० : मनाङविरुद्ध पुलिस (३–१)
आहा रारा २०६१ : मनाङविरुद्ध पुलिस (३–२)
मनाङको फाइनल यात्रा :
झापा–११ विरुद्ध (१–०)
आर्मीविरुद्ध (३–२)
पुलिसको फाइनल यात्रा :
सहाराविरुद्ध (१–१) पेनाल्टी सुटआउट (४–२)
थ्री स्टारविरुद्ध (३–०)
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]