6 years ago
March 13, 2020
काठमाडौं (हाम्रो खेलकुद)– एकै समय दुई वटा नकआउट फुटबल प्रतियोगितामा भाग लिइरहेको नेपाल पुलिस क्लब सर्लाही बागमतीमा जारी राजर्षी जनक कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । साविक विजेता सुदूरपश्चिम ११ स्पोर्टस क्लबलाई ३–१ ले हराउँदै पुलिस अन्तिम दुईमा पुगेको हो ।

पुलिसको अर्को टोली १८ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरामा शनिबार हुने फाइनलमा पुलिसले नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबको सामना गर्दैछ । यसअघि पुलिसले एकैपटक तीन वटा बुढासुब्बा गोल्डकप, नेपाल आइस खप्तड सुदूरपश्चिम गोल्डकप र राइनो कपमा एकै साथ प्रतिस्पर्धा गरेको थियो ।
बागमतीमा जारी राजर्षीमा भने पुलिसले प्रभु बैंक जावलाखेल युथ क्लब तथा भारत सिलगुढीको केएफसीमध्ये एक टोलीको सामना गर्नेछ । यी दुई टालीबीच शनिबार खेल हुनेछ । सन्तोष स्मृति मैदानमा शुक्रबार भएको सेमिफाइनलमा कप्तान जुमानु राईको महत्वपूर्ण भूमिकामा पुलिसले फाइनल यात्रा तय गरेको थियो । जुमानुले ४८ औं मिनेटमा गोल गरे ।
त्यसपछि तीर्थ रानाले २ गोल थपे । उनले ५६ औं र ६८ औं मिनेटमा गोल गरेका थिए । तीर्थको पहिलो गोलमा जुमानु र दोस्रो गोलमा रविन श्रेष्ठको पास थियो । खेलको म्यान अफ दी म्यान बनेका जुमानुले १० हजार रुपैयाँ प्राप्त गरे । बागमती नगरपालिका र बागमती युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको राजर्षीको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]