6 years ago
March 14, 2020
पोखरा (हाम्रो खेलकुद) – मोफसलको सबैभन्दा चर्चित र प्रतिष्ठित आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करणको उपाधिको लागि आज (शनिबार) घरेलु फुटबलका दुई चिरपरिचित प्रतिद्वन्द्वी विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल आयल निगम मनाङ–मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो २ बजेपछि पोखरा रंगशालामा हुनेछ । पुलिस पोखरामा सातौं उपाधिको खोजीमा रहँदा मनाङ पुलिससँगको उपाधि बराबर गर्ने दाउमा हुनेछ । पुलिस क्याराभान गोल्डकपसहित आहा! रारामा ६ पटक च्याम्पियन भइसकेको छ । मनाङले ५ पटक उपाधि जित्न सफल भएको छ ।
यि दुई टोली क्याराभान गोल्डकपसहित चौथोपटक फाइनलमा खेल्न लागेका हुन् । यि दुई टोली १६ वर्षपछि उपाधिका लागि खेल्न लागेका हुन् । २०६१ मा भएको तेस्रो संस्करणमापछि यि दुई टोलीले पहिलोपटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । त्यतिबेला मनाङले पुलिसलाई ३–२ ले पराजित गर्दै लगातार दोस्रो सिजन उपाधि जितेको थियो ।
आहा रारामा यि दुई टोली अहिलेसम्म आठ पटक आमने समाने भएका छन् । जसमा तीनपटक पुलिसले जित निकाल्न सफल हुँदा मनाङले पाँचपटक बाजी मारेको छ । पछिल्लो पटक पुलिसले क्वाटरफाइनलमा मनाङलाई हराएको थियो । दुवै टोलीमा युवा खेलाडीको बाहुल्यता रहेका कारण यि दुई टोलीबीचको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

मनाङलाई पुलिसविरुद्ध पोखरा रंगशालामा उत्रदा दर्शकको साथ रहँदा पुलिसलाई भने मैदानको साथ रहनेछ । खेल अघिको प्रि–म्याच पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने दावी गरेका छन् । मनाङले हालसम्म १६ संस्करण खेल खेल्दै पाँचपटक उपाधि जितेको छ । यस्तै पुलिसले क्यारामानसहित १७ संस्करणमा सहभागिता जनाउदा ६ पटक उपाधि जितेको छ ।
उपाधि विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैया प्राप्त गर्नेछन् । सर्वाेत्कृष्ट खेलाडी र उत्कृष्ट खेलाडीले पनि ट्रफी प्राप्त गर्नेछन् । क्याराभान गोल्ड कपसहित १९ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा बचत हुन आएको रकम विगतमा जस्तै क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् ।

मनाङको फाइनल यात्रा
झापा–११ विरुद्ध (१–०)
आर्मीविरुद्ध (३–२)
पुलिसको फाइनल यात्रा
सहाराविरुद्ध (१–१) पेनाल्टी सुटआउट (४–२)
थ्री स्टारविरुद्ध (३–०)
आहा रारा ‘हेड टु हेड’
क्याराभान गोल्डकप २०५८
फाइनल पुलिसविरुद्ध मनाङ (२–१)
आहा रारा २०६०
फाइनल मनाङविरुद्ध पुलिस (३–१)
आहा रारा २०६१
फाइनल मनाङविरुद्ध पुलिस (३–२)
आठौं आहा रारा २०६६
सेमिफाइनल पुलिसविरुद्ध मनाङ (१–०)
१०औं आहा रारा २०६८
क्वाटरफाइनल मनाङविरुद्ध पुलिस (१–०)
१२औं आहा रारा २०७०
सेमिफाइनल पुलिसविरुद्ध मनाङ (०–५)
१६औं आहा रारा २०७४
क्वाटरफाइनल पुलिसविरुद्ध मनाङ (३–१)
१८औं आहा रारा २०७६
फाइनल पुलिसविरुद्ध मनाङ ?
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]