default_image

6 years ago

March 14, 2020

फाइनलको पहिलो हाफमा मनाङ र पुलिस गोलरहित

181 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – मोफसलको सबैभन्दा चर्चित र प्रतिष्ठित आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करणको उपाधिको लागि आज (शनिबार) घरेलु फुटबलका दुई चिरपरिचित प्रतिद्धन्द्धी विभागीय नेपाल पुलिस क्लब र नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।

पोखरा रंगशालामा भइरहेको खेलको पहिलो सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले उल्लेख्य मुभ बनाउन सकेको छैन । दुवै टोली बल पोजेसन राख्दै गोल गर्ने अभियानमा छ ।

खेलको ११औं मिनेटमा पुलिसका तेज तामाङको कर्नरलाई मनाङका गोलरक्षक अशोक बरालले क्लोज रेन्जमा जोगाउदा पुलिस अग्रता लिन बाट चुकेको थियो । १९औं मिनेटमा मनाङले अवसर पाएपनि गोल गर्न असमर्थ बन्यो । कप्ता नकमल श्रेष्ठको फ्रिकिकलाई बिमल रानाले हेडिङ गरेपछि अजित भण्डारीलाई डिफ्लेक्ट हुदै बाहिरियो । त्यसमै प्राप्त कर्नरलाई मनाङले सदुपयोग गर्न सकेन ।

३५औं मिनेटमा पुलिसका निर कुमार राईले पेनाल्टी बक्सभित्र अवसर पाएपनि उनको प्रहार आकासिएको थियो । लगत्तै लुइस भिडालको क्रसमा अन्जनले पेनालटी बक्समा मौका पाएपनि उनको टच फितलो बन्यो । ३७औं मिनेटम तेज तामाङको सटिक पासमा बुद्ध बल ढिला हुदा मनाङका गोलरक्षक अशोक बरालले सहजै नियन्त्रणमा लिए ।

३९औं मिनेटमा कप्ता नकमल श्रेठको क्रसमा पेनाल्टी बक्समा बिमलले मौका पाएपनि नियन्त्रण लिन नसकेको बललाई पुलिसका गोलरक्षक रोशन खड्कालाई कुनै बाधा भएन । दोस्रो हाफ केही बेरमा शुुरु हुनेछ । ४३औं मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा गोलरक्षक अघि बढेको अवस्थामा बिमल रानाको ओभर हेड किकलाई पुलिसका अजित भण्डारीले गोललाइनबाट क्लियर गर्दा मनाङ अग्रता लिनबाट चुक्यो ।

सहारा क्लब पोखराको आयोजनामा गत २२ फागुनबाट शुरु भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएको छ । उपाधि विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैया प्राप्त गर्नेछन् । सर्वाेत्कृष्ट खेलाडी र उत्कृष्ट खेलाडीले पनि ट्रफी प्राप्त गर्नेछन् ।

क्याराभान गोल्ड कपसहित १९ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम विगतमा जस्तै क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् ।

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

Success

Thank you for your time.