6 years ago
March 14, 2020
पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करणको उपाधिको लागि घरेलु फुटबलका दुई चिरपरिचित विभागीय नेपाल पुलिस क्लब र नेपाल आयल निगम मनाङ–मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।

पोखरा रंगशालामा भइरहेको खेलको निर्धारित ९० मिनेट समय गोलरहित बराबरीमा टुङ्गिएको छ । प्रतिस्पर्धात्मक खेलको ११औं मिनेटमा पुलिसका तेज तामाङको कर्नरलाई मनाङका गोलरक्षक अशोक बरालले क्लोज रेन्जमा जोगाउदा पुलिस अग्रता लिन बाट चुकेको थियो ।
१९औं मिनेटमा मनाङले अवसर पाएपनि गोल गर्न असमर्थ बन्यो । कप्तान कमल श्रेष्ठको फ्रिकिकलाई बिमल रानाले हेडिङ गरेपछि अजित भण्डारीलाई डिफ्लेक्ट हुदै बाहिरियो । त्यसमै प्राप्त कर्नरलाई मनाङले सदुपयोग गर्न सकेन । ३५औं मिनेटमा पुलिसका निर कुमार राईले पेनाल्टी बक्सभित्र अवसर पाएपनि उनको प्रहार आकासिएको थियो । लगत्तै लुइस भिडालको क्रसमा अन्जनले पेनालटी बक्समा मौका पाएपनि उनको टच फितलो बन्यो ।
३७औं मिनेटम तेज तामाङको सटिक पासमा बुद्ध बल ढिला हुदा मनाङका गोलरक्षक अशोक बरालले सहजै नियन्त्रणमा लिए । ३९औं मिनेटमा कप्ता नकमल श्रेठको क्रसमा पेनाल्टी बक्समा बिमलले मौका पाएपनि नियन्त्रण लिन नसकेको बललाई पुलिसका गोलरक्षक रोशन खड्कालाई कुनै बाधा भएन ।

४३औं मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा गोलरक्षक अघि बढेको अवस्थामा बिमल रानाको ओभर हेड किकलाई पुलिसका अजित भण्डारीले गोललाइनबाट क्लियर गर्दा मनाङ अग्रता लिनबाट चुक्यो ।
४९औं मिनेटमा निर कुमार राईको प्रहारलाई मनाङका गोलरक्षक अशोक बरालले मुस्किलले बचाउदा पुलिस अग्रता लिनबाट चुक्यो । ६०औं मिनेटमा अन्जन विष्टको ओभरहेड किक पहिलो बारबाट थोरै बाहिरिदा मनाङ अग्रता लिनबाट चुक्यो । ६८औं मिनेटमा लुइस भिडालको क्रसमा बिमल रानाको प्रहार क्रसबारबाट थोरै बाहिरिदा मनाङ पुनः अग्रता लिनबाच चुक्यो ।
७७औं मिनेट निर कुमार राईले मैदानको मध्यभाग नजिकैबाट सिधै पोस्टमा गरेको फ्रिकिक क्रसबारबाट बाहिरियो । ८९औं मिनेटमा अन्जन विष्टले अवसर पाएपनि सदुपयोग नहुदा खेल बराबरीमा सकियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]