default_image

6 years ago

March 14, 2020

पुलिसलाई हराउँदै मनाङ आहा गोल्डकप च्याम्पियन

207 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब मोफसलको सबैभन्दा चर्चित र प्रतिष्ठित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करणको च्याम्पियन बनेको छ ।

 

पोखरा रंगशालमा शनिबार भएको फाइनलमा नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबले विभागीय नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । यससँगै मनाङ आहा रारा गोल्डकप बढी जित्ने क्लब बनेको छ । मनाङले योसँगै हालसम्म ६ पटका उपाधि जित्न सफल भएको हो । पुलिसले क्याराभान गोल्डकपसहित ६ पटक जितेका छन् ।

निर्धारित र थप गरिएको समयमा दुवै टोलीबाट गोल सम्भव नभएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा मनाङका अन्जन विष्ट, पुजन उपरकोटी र सुरज विके र रन्जन विष्टले गोल गरे । मनाङका निशान लिम्बुको पेनाल्टी पुलिसका गोलरक्षक रोशन खड्काले विफल पारे । पुलिसका भोलानाथ सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङले गोल गरे ।

पुलिसका तेज तामाङ र अजित भण्डारीले गोल गर्न सकेनन् । तेज  र अजितको प्रहार मनाङका गोलरक्षक अशोक बरालले रोके च्याम्पियन बनेसँगै मनाङले १० लाख १ हजार रुपैया हात पारेको छ । दोस्रो भएको पुलिसले ५ लाख १ हजार रुपैयामा चिक्त बुझायो ।

त्यसअघि खेलको ११औं मिनेटमा पुलिसका तेज तामाङको कर्नरलाई मनाङका गोलरक्षक अशोक बरालले क्लोज रेन्जमा जोगाउदा पुलिस अग्रता लिन बाट चुकेको थियो । १९औं मिनेटमा मनाङले अवसर पाएपनि गोल गर्न असमर्थ बन्यो । कप्तान कमल श्रेष्ठको फ्रिकिकलाई बिमल रानाले हेडिङ गरेपछि अजित भण्डारीलाई डिफ्लेक्ट हुदै बाहिरियो । त्यसमै प्राप्त कर्नरलाई मनाङले सदुपयोग गर्न सकेन ।

३५औं मिनेटमा पुलिसका निर कुमार राईले पेनाल्टी बक्सभित्र अवसर पाएपनि उनको प्रहार आकासिएको थियो । लगत्तै लुइस भिडालको क्रसमा अन्जनले पेनालटी बक्समा मौका पाएपनि उनको टच फितलो बन्यो । ३७औं मिनेटम तेज तामाङको सटिक पासमा बुद्ध बल ढिला हुदा मनाङका गोलरक्षक अशोक बरालले सहजै नियन्त्रणमा लिए ।

३९औं मिनेटमा कप्ता नकमल श्रेठको क्रसमा पेनाल्टी बक्समा बिमलले मौका पाएपनि नियन्त्रण लिन नसकेको बललाई पुलिसका गोलरक्षक रोशन खड्कालाई कुनै बाधा भएन ।
४३औं मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा गोलरक्षक अघि बढेको अवस्थामा बिमल रानाको ओभर हेड किकलाई पुलिसका अजित भण्डारीले गोललाइनबाट क्लियर गर्दा मनाङ अग्रता लिनबाट चुक्यो ।

४९औं मिनेटमा निर कुमार राईको प्रहारलाई मनाङका गोलरक्षक अशोक बरालले मुस्किलले बचाउदा पुलिस अग्रता लिनबाट चुक्यो । ६०औं मिनेटमा अन्जन विष्टको ओभरहेड किक पहिलो बारबाट थोरै बाहिरिदा मनाङ अग्रता लिनबाट चुक्यो । ६८औं मिनेटमा लुइस भिडालको क्रसमा बिमल रानाको प्रहार क्रसबारबाट थोरै बाहिरिदा मनाङ पुनः अग्रता लिनबाच चुक्यो ।

७७औं मिनेट निर कुमार राईले मैदानको मध्यभाग नजिकैबाट सिधै पोस्टमा गरेको फ्रिकिक क्रसबारबाट बाहिरियो । ८९औं मिनेटमा अन्जन विष्टले अवसर पाएपनि सदुपयोग नहुदा खेल बराबरीमा सकियो । ९३औं मिनेटमा निर कुमार राईले अवसर पाएपनि उनको प्रहार बाहिरियो । १०४औं मिनेटमा नितिन थापाको पेनाल्टी बक्स बाहिरको प्रहार क्रसबारबाट थोरै बाहिरियो ।

सहारा क्लब पोखराको आयोजनामा गत २२ फागुनबाट शुरु भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएको थियो । क्याराभान गोल्ड कपसहित १९ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम विगतमा जस्तै क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.