6 years ago
June 10, 2020
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले क्लबका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाको सहायक प्रशिक्षकमा जुवान म्यानुयल लिल्लोलाई नियुक्त गरेको छ ।

ग्वार्डिओलाका सहायक रहेका मिकेल आर्टेटा गत डिसेम्वरमा आर्सनलको मुख्य प्रशिक्षक बनेपछि उक्त स्थान रिक्त रहेको थियो । ग्वार्डिओलाले आर्टेटाको स्थानमा रोडोल्फो बोरेललाई सहायक प्रशिक्षकमा नियुक्त गरेको थियो । यसअघि सिटीले ग्वार्डिओलाको सहायकको लागि सिटीका पुर्व खेलाडी भिसेन्ट कोम्पनीलाई ल्याउने प्रयास गरेपनि उनी सिटीमा आउन सहमत भएका थिएनन् ।
पछिल्लो समय स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व खेलाडी जाभी अलन्सोले पनि ग्वार्डिओलाको सहायक बन्ने इच्छा रहेको बताएका थिए । सिटीले मंगलबार राति लिल्लोलाई क्लबको सहायक प्रशिक्षकको रुपमा सार्वजनिक गर्दै स्वागत गरेको छ ।
प्रशिक्षकको रुपमा सिटीमा आबद्ध भएपछि लिल्लोले गर्व महसुस भएको बताएका छन् । पेपसँग मेरो पुरानो सम्बन्ध हो । लामो समयपछि उनकै सहायक भएर जोडिन पाउदा एकदमै उत्साहित रहेको लिल्लोले बताएका छन् । ‘सिटी एउटा सफल र चर्चित क्लब हो । यो क्लबले केही समययता, उत्कृष्ट फुटबल खेलिरहेको छ । हामी अझै यसलाई परिस्कृत गर्दै अघि जानेछौं,’ लिल्लोले भने ।
५४ वर्षीय लिल्लो हाल चिनिया क्लब छिङ्दाओ हुआङहाईको प्रशिक्षक रहेका छन् । उनी अघिल्लो सिजन मात्रै जापनिज क्लब भिसेल कोवीबाट चिनिया क्लबमा पुगेका थिए ।

स्पेनिस लिल्लोले सन् १९८० देखि नै प्रशिक्षण करियर शुरु गरेका थिए । १६ वर्षको उमेरदेखि नै प्रशिक्षण यात्रा शुरु गरेका लिल्लो स्पेनिस ला लिगामा ३० वर्षभन्दा कम उमेरका युवा प्रशिक्षक बनेका थिए । उनले त्यतिबेला सालामान्कालाई प्रशिक्षण दिएका थिए । उनले ला लिगाका रियल सोसिडाड र अल्मेरियालाई पनि प्रशिक्षण दिएका थिए । उनी २०१५–१६ मा चिलीको राष्ट्रिय टोलीको तथा त्यसपछि स्पेनिस क्लब सेभियाका सहायक प्रशिक्षक बनेका थिए ।
ग्वार्डिओलाले लिल्लोलाई एक ‘उस्ताद’ को रुपमा वर्णन गरेका छन् । उनकै सफल रणनीतिका कारण मेक्सिकन क्लब डोराडोस सिनालोआ सफलता पाएको र त्यहीको सिको बार्सिलोनामा प्रयोग गर्दा बार्सिलोना पनि लगातार ट्रफी जित्न सकेको ग्वार्डिओला बताउँछन् । तर, लिल्लोको प्रशिक्षणमा उनले यस किसिमको सफलता हात पार्न सकेको छैन ।
लिल्लोले सन् २०१२ मा ग्वार्डिओलालाई आफ्नो छोरा जस्तै रहेको बताएका थिए । सिटीका प्रशिक्षक ग्वार्डिओला र लिल्लोले सन् २००५–२००६ को सिजनमा मेक्सिकन क्लब डोराडोस सिनालोआमा सँगै काम गरेका थिए ।
पछिल्लो दुई सिजन एसियाली क्लबमा बिताएका लिल्लोले आन्द्रेस इनिष्टा, डेभिड भिल्ला, लुकास पोडोलोस्की र याया टाउरे जस्ता स्टार खेलाडीलाई प्रशिक्षण दिने अवसर पाएका थिए ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]