6 years ago
June 7, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले जर्मन युवा स्टार काई हाभर्टजलाई अनुबन्ध गर्न आकर्षक प्रस्ताव गर्ने भएको छ । रियलले जर्मन क्लब बायर लिभरकुसनका हाभर्टजलाई अनुबन्धन गर्न ७१ मिलियन पाउन्डको प्रस्ताव अगाडी सार्ने भएको छ ।

रियलले हाभर्टजलाई अनुबन्धन गरेपनि अर्काे सिजन मात्रै उनी क्लबमा आउने बुझिएको छ । क्लबनिकट स्रोतका अनुसार हाभर्टज अर्काे सिजनको समरसम्म लेभरकुसनमै रहनेछन् । २० वर्षीय युवा मिडफिल्डर हाभर्टजले यो सिजन उच्च प्रदर्शन गरिरहेका छन् । उनले यो सिजन लिभरकुसनका लागि १५ गोल र ८ असिस्ट दिएका छन् ।
जर्मनीका लागि ४ खेल खेलेका हाभर्टजले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुटबलको ध्यान खिच्न सफल भएका छन् । हाभर्टजलाई अनुबन्ध गर्न जर्मन क्लब बायर्न म्युनिखले समेत चासो देखाइरहेको छ । बिल्डका अनुसार म्याड्रिडले हाभर्टजको हस्ताक्षरका लागि अन्य प्रतिस्पर्धीलाई पछि पार्नेछ । लेभरकुसनलाई २०२१ को समरसम्म खेलाडी लोनमा दिने विकल्प मुख्य पक्षको रुपमा हेरिएको छ ।
यस सम्झौताले दुवै क्लबलाई फाइदा हुने देखिएको छ । जिनेदिन जिदानले युरोपको उत्कृष्ट मिडफिल्डरको रुपमा हेरिएको हाभर्टजलाई सुरक्षित साथ क्लबमा ल्याउन सक्नेछन् । अर्को सिजन रियलले मोड्रीच र क्रुस दुवैको साथ छोड्ने र यस सिजन क्लबमा मिडफिल्डको संख्या धेरै रहेकाले दीर्घकालीन योजनाको रुपमा हाभर्ट्जलाई हेरिएको छ ।

बायरका खेल निर्देशक सिमोन रोल्फ्सले भने हाभर्टज जहाँ पनि जान सक्ने बताएका छन् । ‘काइलाई के हुन्छ हामीलाई थाहा छैन । हामीलाई थाहा छ कि जर्मनी र युरोपका ठुला क्लबहरु उनको पछि लागेका छन् । उनको जहाँसुकै खेल्न सक्ने क्षमता छ । उनी उत्कृष्ट खेलाडी हुन्,’ खेल निर्देशक सिमोनले मार्कासँग भने ।
‘धेरै वर्षदेखि बायर्न जहिले पनि युवा खेलाडीको प्रतिभाको पछि रहेको छ । त्यहाँ प्रभाव पार्न सक्ने धेरै कारकहरु छन् । उनको भविष्यको कुनै निर्णय भएको छैन । मलाई उनले लेभरकुसनको जर्सीमा लामो समय खेलेको हेर्न एकदमै मन छ । मसँग अन्य कुनै प्राथमिकता छैन । उनी आउदो दशकमा एक सर्वाेत्कृष्ट फुटबलर भएर निस्कनेछन् ।’
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]