6 years ago
June 7, 2020
एजेन्सी – बार्सिलोनाका युवा स्टार अन्सु फातीलाई अनुबन्ध गर्न युरोपको शीर्ष क्लबले गरेको १ सय मिलियन युरोको प्रस्तावलाई क्याटलान क्लबले सिधै अस्वीकार गरेको छ ।

बार्सिलोना अध्यक्ष जोसेप मारिया बार्टोमेउले उक्त प्रस्ताव आउने बितिकै सिधै अस्वीकार गरेको स्पेनिस पत्रिका स्पोर्टले जनाएको छ । बार्टोमेउले प्रस्ताव गर्ने क्लबको नाम भने खुलाएनन् । बिहीबार नै प्रस्ताव आएर अस्वीकार गरेपछि क्लबका अध्यक्षले बार्सिलोना बोर्डको भर्चुअल बैठकमा यसबारे आफ्नो धारणा पनि प्रस्तुत गरेका छन् ।
‘अन्सु फाती विक्रीका लागि होइनन् । हामी अब यस विषयमा छलफल गर्ने छैनौं,’ अध्यक्ष बार्टोमेउले क्लबको बैठकमा भने । मात्र १७ वर्ष पुगेका फातीलाई बार्सिलोनाले भविष्यको सुपरस्टारको रुपमा हेरेको छ । सिनियर टोलीमा परेदेखि नै उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
यसै सिजनको सुरुवातमा बार्सिलोनाबाट डेब्यु गरेका फातीले आफूलाई सिनियर टोलीको महत्त्वपूर्ण खेलाडीको रुपमा स्थापित गरेका छन् । उनले १६ वर्ष ३ सय ४ दिनको उमेरमा ओसासुनाविरुद्ध गोल गर्दै बार्सिलोनाका लागि सबैभन्दा कान्छा गोलकर्ताको कीर्तिमान बनाएका थिए । त्यसपछि १७ वर्ष ४० दिनको उमेरमा गोल गर्दै उनी च्याम्पियन्स लिगका पनि सर्वाधिक कान्छा गोलकर्ता बने ।

क्लबका कप्तान लिओनेल मेस्सीले पनि फातीको क्षमता हेर्दा उनी भविष्यमा सफल खेलाडी बन्ने बताएका छन् । ‘ मलाई उनको खेल एकदम मनपर्छ । म आफ्नो तर्फबाट सधैं उनलाई साथ र सहयोग दिन्छु,’ मेस्सीले भने, ‘ हामीले उनलाई माथि ल्याउन हतार गर्नु हुँदैन । मलाई सिनियर टोलीमा ल्याउँदा गरेजस्तै उनलाई पनि बिस्तारै मौका दिँदै जानुपर्छ ।’
‘ हामीले यो बिर्सन हुन्न की उनी मात्र १७ वर्षका छन् । धेरै दबाब दिँदा नकारात्मक असर पर्न सक्छ । उनलाई खेलमा सहज रुपमा खेल्न दिनुपर्छ । उनीमा विश्वकै उत्कृष्ट खेलाडी बन्ने क्षमता छ,’ मेस्सीले थपे ।

फातीलाई पछिल्लो समय बार्सिलोनाको आक्रमणको पहिलो विकल्पको रुपमा हेरिएको छ । स्टार फरवार्डत्रय मेस्सी, लुइस सुआरेज र एन्टोइन ग्रिजमनपछि उनी बार्सिलोनामा निर्विकल्प रोजाई नै बनिसकेका छन् । यस्तो अवस्थामा बार्सिलोनाले आफ्नै एकेडेमीको खेलाडीका रुपमा उनलाई लामो समय राख्ने योजना बनाएको छ ।
अर्कोतर्फ चोटको समस्यासँगै अनुशासन उल्लङ्घनले क्लबको टाउकोदुखाइ बनेका फ्रान्सेली विंगर ओस्मान डेम्बेलेको पनि भविष्य क्याटलान क्लबमा देखिंदैन । बार्सिलोनाले मोटो रकम तिरेर उनलाई अनुबन्ध गरेपनि अपेक्षित प्रदर्शन गर्न नसक्दा उनले क्लब छाड्ने सम्भावना बढेको छ । कोरोनाको कारण क्लबको आर्थिक अवस्थामा असर पर्दा क्लबले डेम्बेलेलाई अन्यत्र बेच्ने देखिएको छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]