default_image

6 years ago

June 8, 2020

बार्सिलोनामै रहनेमा राकिटिच आशावादी

138 views

0 Bookmark

एजेन्सी – इभान राकिटिचले आफु बार्सिलोना बस्न चाहेको फेरि एक पटक प्रष्ट पारेका छन् । क्रोएसियन मिडफिल्डरले केहि दिन अघि क्लबका पदाधिकारीसँग भेटेर क्लब छाडेर जाने कुनै सोच नभएको भन्दै आफ्नो कुरा प्रष्ट राखेका बताएका छन् ।

‘दश वा १५ दिन अघि मैले क्लबका पदाधिकारीसँग आफ्नो कुरा राखेका थिए ,’ उनले भने,’ मलाई क्लब छाडेर जाने विषयमा कुनै कुरा गर्नु छैन । मेरो सम्झौता सन् २०२१ सम्म छ । बार्सिलोना त्यहि क्लब हो जहाँबाट म खेल्न चाहन्छु ।’

उनले श्रीमती र छोरीहरु पनि बार्सिलोनमा खुसी रहेको बताएका छन् । ‘मैले अरु सोच्नु पर्ने कुनै कारण छैन ,’ उनले थपे, ‘म यहाँ राम्रो अभ्यास गरिरहेको छु । मलाई विश्वास छ राकटिक बार्सिलोनामा लामो समय रहनेछ ।’

पहिलो रोजाईमा पर्न छाडे पनि ३२ वर्षे मिडफिल्डरले त्यसलाई सहज रुपमा लिइरहेका छन् । ‘खेल्न नपाउँदा राम्रो लाग्दैन । त्यसमा पनि किन खेलाइएको छैन भन्ने बताइदैन त्यति बेला झन् दुःख लाग्छ, ‘उनले थपे, ‘तर म प्रशिक्षकको निर्णयको सम्मान गर्छु । म समूहगत खेलमा छु । व्यक्तिगत खेलमा होइन । ‘

राकिटिचको इच्छा नभएपनि बार्सिलोनाले भने उनलाई बिक्री गर्ने खेलाडीको सुचिमा राखेको छ । उनीमाथि एट्लेटिको म्याड्रिड र सेभिल्लाले चासो राखेका बताइएको छ । राकिटिच सेभिल्लाबाट नै बार्सिलोना आएका थिए ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.