6 years ago
June 8, 2020
एजेन्सी – जर्मन बुन्डेस लिगामा वल्फ्सवर्गले जित निकाल्दा साल्केको कोरोना महामारीपछिको खेलमा पहिलो अंक जोड्न सफल भएको छ । वल्फ्सवर्गले रेलिगेसन जोनमा रहेको वेर्डर ब्रेमेनमाथि १–० को कठिन जित निकालेको हो ।

वल्फ्सवर्गले वेर्डर ब्रेमेनलाई उसकै मैदानमा जित निकाल्न सफल भएको हो । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा वाउग वेगहोस्टले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ५८औं मिनेटमा गोल गरेको थियो ।
जितपछि वल्फ्सवर्ग ३० खेलबाट ४५ अंक जोडेर छैटौं स्थानमा यथावत रहेको छ । जुन युरोपा लिगको लागि छनोट खेल खेल्ने स्थान हो । हारपछि ब्रेमेनको रेलिगेसन हुने सम्भावना बढेको छ । ब्रेमेनको २५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ । पाडेरवर्न २० अंकसहित पुछारमा छ । ब्रेमेनभन्दा अघि रेलिगेसनको प्लेअफको स्थानमा फोर्टुना डुसेलडर्फ (२८) रहेको छ ।

यस्तै कोरोना महामारीपछि साल्केले पाँचौ खेलमा पहिलो अंक जोड्दा युनियन बर्लिनसँग १–१ गोलको बराबरी खेलेको छ । साल्केले यसअघि चार खेलमा अंक गुमाएको थियो । युनियनका रोवर्ट एन्डरिचले गोल गर्दा साल्केका जोनजोइ केन्नीले बराबरी गोल फर्काएका थिए । बराबरीपछि साल्के ३८ अंक जोडेर १०औं स्थानमा रहँदा बर्लिन ३२ अंक जोडेर १४औं स्थानमा छ ।

अर्काे खेलमा अग्सवर्ग र एफसी कोल्नले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । कोल्नका एन्थोनी मोडेस्टेले गोल गर्दा अग्सवर्गका फिलिप म्याक्सले बराबरी गोल फर्काएका थिए । त्यसअघि अग्सवर्गका फ्लोरियनले पेनाल्टी चुकाएका थिए । बराबरीपछि कोल्न ३५ अंक जोडेर १२औं तथा अग्सवर्ग ३२ अंकसहित १३औं स्थानमा छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]