default_image

6 years ago

June 8, 2020

डी लिग्ट युभेन्टसमै खुसी

168 views

0 Bookmark

एजेन्सी – यसै सिजनको सुरुवातमा इटालियन च्याम्पियन युभेन्टस पुगेका युवा डिफेन्डर म्याथिस डी लिग्टले टुरीन क्लबमा नै आफू खुसी रहेको बताएका छन् ।

म्यथिस मोटो रकममा युभेन्टस आएपनि सुरुवातमा अपेक्षित प्रदर्शन गर्न सकेका थिएनन् । १९ वर्षको उमेरमा नै डच टोली आयाक्सको कप्तानी गरेका उनले त्यहाँ भने सफलता हासिल गरेका थिए । दोहोरो घरेलु उपाधिसँगै टोलीलाई च्याम्पियन्स लिग सेमिफाइनल पुर्याएका म्यथिसले युभेन्टसमा भने केहि संघर्ष गर्नुपरेको थियो ।

विशेषगरी लिग उपाधि होडमा नै रहेका इन्टर मिलान र नेपोलीसँग खेलमा गल्ति गरेपछि म्यथिसको आलोचना समेत भएको थियो । युभेन्टसमा उनी जम्न नसकेपछि बार्सिलोनाले पुन: उनीमाथि नजर राखेको चर्चा चलेको छ । तर म्याथिसले भने आफू आउने सिजन पनि युभेमै रहने पक्का गरेका हुन् ।

‘ यहाँ मैले धेरै कुरा थाहा पाएको छु । म यहाँ निकै खुसी छु र हरेक दिन उच्च स्तरका खेलाडी सँग प्रशिक्षण गर्ने अवसर पाएको छु । म हरेक दिन आफूलाई सुधार गरिरहेको पाउँछु,’ डी लिग्टले टुटोस्पोर्टसँग भने ।

‘म यहाँ आएपछि मात्र क्लब अन्तर्राष्ट्रिय स्तरमा पनि कति बलियो छ भन्ने थाहा पाएँ । मलाई टोलीका अन्य खेलाडीले पनि परिवार जस्तै वातावरण बनाए । सबै खेलाडी मिलनसार नै पाएँ,’ उनले भने ।

मार्चदेखि कोरोना भाइरसका कारण स्थगित लिगमा युभेन्टस दोस्रो स्थानको लाजियोभन्दा १ अंक अगाडी छ । लिग यसै महिना सुचारु हुने तालिका पनि निस्केको छ । युभेन्टस माउरिजियो सार्रीको पहिलो वर्षमा नै लगातार नवौं लिग उपाधि जित्ने सुरमा छ ।

म्याथिसले सार्रीको प्रशंसा गर्दै आफ्नो शैलीसँग मेल खाएको अभिव्यक्ति दिए । ‘ उनको रणनीति र फुटबल खेल्ने बेग्लै शैली छ । उनी आफ्नो योजनालाई लिएर स्थिर छन्,’ म्यथिसले भने, ‘ उनी टोटल डच फुटबल खेल्ने इटालियन शैलीका प्रशिक्षक हुन् । हामी हरेक दिन केहि सुधार गरेकै हुन्छौं ।’

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.