default_image

6 years ago

June 8, 2020

आरोप प्रमाणित गर्न सांसद यादवलाई खेलकुद मन्त्रीको चुनौती

122 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आफुमाथि सांसद प्रदीप यादवले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग १७ करोड रुपैयाँ लिएको भन्ने आरोप प्रमाणित गर्न चुनौति दिएका छन् । आर्थिक वर्ष २०७७/०७८ विनियोजित बजेटअन्तर्गत आफ्ना मन्त्रालयका विषयमा उठेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री विश्वकर्माले सोमबार सांसद यादवलाई आफ्नो आयश प्रष्ट पार्न वा आरोप प्रमाणित गर्न चुनौति दिएका हुन् ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा ।

सांसद यादवले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको विवादस्पद अभिव्यक्ति छानबिन गर्न माग गर्ने क्रममा मन्त्री विश्वकर्मामाथि आरोप लगाएका थिए । ‘मलाई यहाँ सम्म पनि सुन्न आएको छ । एन्फाले पनि माननिय खेलकुद मन्त्रीलाई पनि बढा माया गरेको छ,’ उनको आरोप थियो, ‘एन्फाले उहाँलाई १७ करोड रुपैयाँ दिएको छ ।’

मन्त्री विश्वकर्माले सांसदको नाम नलिइकन भने, ‘एन्फाले पनि खेलकुद मन्त्रीलाई पनि बढा माया गरेको छ । एन्फाले १७ करोड रुपैयाँ दिएको छ भन्ने आरोप लगाउनु भएको छ । यो आरोपलाई मैले गम्भिरतापूर्वक लिएको छु । यसलाई प्रमाणित गर्न उहाँलाई चुनौति दिन्छु ।’ मन्त्री विश्वकर्माले कुन आशयमा सांसद यादवले त्यस्तो आरोप लगाउनु भएको त्यसको आशया प्रष्ट पार्न उल्लेख गर्दै उनको त्यो भनाईलाई संसदको रेकर्डबाट हटाउन सभामुख समक्ष आग्रह समेत गरेका छन् ।

मन्त्री विश्वकर्माले एन्फा अध्यक्ष शेर्पाले दिएको भनेको विवादस्पद अभिव्यक्ति आफुलाई जानकारी नभएको बताएका छन् । उनले भने, एन्फा अध्यक्षले के भन्नु भयो भन्ने छ, मेरो जानकारीमा छैन। उहाँले कहाँ, के अन्तर्वार्ता दिनुभयो, के भन्नुभयो मलाई थाहा छैन । कता कताको कुरा ल्याएर मन्त्रीलाई विवादमा तान्नु खोज्नु उचित हुन सक्दैन । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र कानुनविपरित काम गर्नेलाई कुनै छुट नदिने, प्रमाणका आधारमा कानुनबमोजित दण्डित गरिन्छ ।

एन्फाले फिफाको सहयोगमा आफ्नो निर्वाचिन क्षेत्रको माच्छापुच्छ«े गाँउपालिकाको भेडाबारीमा १७ करोड रुपैयाँ बराबरको बहुउद्देश्यीय सेन्टर निर्माण गर्ने निर्णय गरेको भन्ने सुन्नमा आएका उल्लेख गर्दै मन्त्री विश्वकर्माले भने, ‘त्यसरी निर्माणको निर्णय हुनुमा मेरो के दोष हुन्छ ? मैले योजना परेको सुनेको हु । त्यसमा मन्त्रालयलाई आधिकारिक जानकारी छैन ।’

मन्त्रीले आफुलाई एन्फाले मात्र होइन खेलकुद क्षेत्रका सबैले माया गर्ने गरेको पनि सुनाएका थिए । उनले मन्त्रालयका विषयमा उठेको प्रश्नमा जवाफ दिने क्रममा ५८ करोड रुपैयाँ भौतिक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन भएको उल्लेख गर्दै भने, ‘त्यसमा पनि ४० करोड रुपैयाँ स्थानिय निकायमा खेल ग्राम स्थापनाका लागि हो । बाँकी १८ करोड रुपैयाँले अहिले चलिरहेका योजना पुरा गर्नुपर्ने चुनौति छ ।’

उनले आगामी आर्थिक वर्षमा कुनै पनि कुनै नयाँ भौतिक पूर्वाधारको योजना रहेको पनि बताएका छन् । कोराना भाइरसका कारण उत्पन्न कठिन परिस्थितिले अन्य क्षेत्र जस्तै खेल क्षेत्रलाई पनि असर गरेको बताएका थिए । मंसिरमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भव्य आयोजना र सफलता पछि खेलकुद क्षेत्रमा बजेट बढ्ने खेलकुद क्षेत्रले अपेक्षा गरेपनि त्यस्तो हुन नसकेको उनले बताए । उनले नेपाल ओलम्पिक कमिटी, नेपाल क्रिकेट संघलगायत खेलकुद संघमा देखिएका विवादहरु पछिल्ला समयमा अन्त्य भएको दाबी पनि गरे ।

सांसद यादवले शुक्रबार मेधसीका विषयमा गलत अभिव्यक्ति दिने एन्फा अध्यक्ष शेर्पालाई अबिलम्ब निलम्बन गरि छानबिनमा ल्याउन सभामुख मार्फत खेलकुद मन्त्री विश्वकर्मालाई आग्रह गरेका थिए । यसै महिनाको सुरुवातमा एन्फा अध्यक्ष शेर्पाले वेब पोर्टललाई दिएको अन्तवार्तामा ग्रासरुट कार्यक्रमका विषयमा बोल्ने क्रममा तराईमा राष्ट्रियताको कमी रहेको बताएपछि विवादमा तानिएका थिए ।

सांसद प्रदीप यादव

ग्रासरुट कार्यक्रमका लागि नेपाली सेना सँगको सहकार्यमा तराईका जिल्ला (सप्तरी, सिराहा, धनुषा र महोत्तरी) मा ग्रासरुटको कार्यक्रम सुरु गरेको बताउँने क्रममा एन्फा अध्यक्ष शेर्पाले राष्ट्रियताको प्रसंग उठाएका थिए । उक्त अन्तर्वार्तामा शेर्पाले आर्मीसँगको सहकार्यमा ग्रासरुट सुरु गर्नुको दुई वटा कारण रहेको बताएका थिए ।

‘एउटा तराईको बच्चाहरुलाई फुटबल प्रति आकर्षण गर्नका को लागि । अर्को राष्ट्रियता सिकाउनको लागि हामीले गर्यौं,’ उनले भनेका थिए,’ तराई तिर जाँदा राष्ट्रियताको फिलिङ अलि कम पाइन्छ । त्यसले गर्दा आर्मीको ब्यारकेमा प्रशिक्षण लिन आउँदा त्यहाँ राष्ट्रिय गित पनि सिक्ने नेपालको विषयमा चर्चा हुने भएकाले फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले हामीले काम गरेका छौं ।’

एन्फा अध्यक्ष शेर्पाले भने आफ्नो अभिव्यक्तिका लागि माफी मागेका थिए । बुधबार विज्ञप्ती जारी गर्दै अन्तवार्ताको क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजुभाई तथा दिदी बहिनी एवम् त्यस क्षेत्रका नेपालीहरुमा कुनै चोट वा ठेस पुग्न गएमा त्यसप्रति हार्दिक क्षमा याचना गरेका थिए ।
सोही विज्ञप्तीमा उनले भनेका थिए, ‘अनलाईन अन्तर्वाताको क्रममा व्यक्त भावना भन्दा पनि शाब्दिक अर्थमा मात्रै धेरै ध्यान दिइएको छ । तर मेरो अभिप्राय तथा भावना कुनै पनि भाषा, वर्ग, धर्म लिंग तथा सम्प्रदायको नेपालीको राष्ट्रियतथामा प्रश्न गर्ने थिएन र कदापि होइन पनि ।’

शर्पाको विवादास्पत अभिव्यक्तिको छानविन गर्न एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ र पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठले फिफालाई छुट्टा छुट्टै उजुरी गरेका थिए । एन्फा अन्तर्गत नै रहेका ४ जिल्ला फुटबल संघ (काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ) का अध्यक्षले संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना एन्फा अध्यक्ष शेर्पालाई कारवाही गर्न उजुरी दिएका दिए ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.