6 years ago
June 9, 2020
एजेन्सी – कोरोना महामारी पछि झन्डै तीन महिनापछि शुरु हुन लागेको स्पेनिस ला लिगामा दर्शकलाई रंगशालामा प्रवेश गर्न दिइने योजना अघि सारेको छ ।

स्पेनिस ला लिगा ११ जुनदेखि सुरु हुँदैछ । पहिलो दिन सेभिया र रियल बेटिसबीच खेल हुनेछ । दोस्रो दिन ग्रानडा र गेटाफेबीच भ्यालेन्सिया र लेभान्टेबीच खेल हुदैछ । ला लिगा अध्यक्ष जेभियर टेवासले जुलाई देखि नै दर्शकलाई रंगशालामा प्रवेश दिने विषयमा छलफल भइरहेको बताएका छन् ।
अध्यक्ष टेवासले जनाए अनुसार स्पेनको डि-स्केलेसन योजनाको तेस्रो चरण पार गरेपछि सिमित दर्शकले मैदानमै गैर आफ्नो टोलीको समर्थन गर्न पाउनेछन् । स्पेन राष्ट्रिय स्पोर्ट्स काउन्सिल (सिएसडी) को संयोजनमा व्यावसायिक फुटबल र बास्केटबल खेलाडीको उपस्थितिमा भएको छलफलले यो योजना अघि सारेको हो ।
यसअनुसार मैदानको ३० प्रतिशत सिटमा मात्रै समर्थकलाई राख्न पाइनेछ । जहाँ बस्ने स्थानहरु तय गरिएको हुन्छ । केही क्लबहरुले यो विषयलाई मान्न तयार हुनेछन् । विशेष गरी बार्सिलोना, जिरोना र भ्यालेन्सियाले यो योजनालाई साथ दिने प्रतिबद्धता जाहेर गरेका छन् ।
यसो हुन सकेको अवस्थामा रियल म्याड्रिड र लेभान्टेलाई घरेलु मैदानको घाटा हुन सक्नेछ । रियलले आफ्नो सान्टियागो मैदानमा मर्मत सुरु थालेको छ । रियलले बाँकी रहेका सबै घरेलु खेल आफ्नो प्रशिक्षण मैदान इस्टेडियो अलफ्रेडो डि स्टेफानोमा तथा लेभान्टेले एलिकान्टेमा खेलाउने घोषणा गरिसकेको छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]