default_image

6 years ago

June 9, 2020

फिदिम ५ मा रंगशाला बन्नेमा स्थानियको आशंका

168 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

सरकारले हरेक स्थानिय निकायमा एक खेल ग्रामको अवधारण अघि सारेको छ । सरकारले आफ्ना नीति तथा कार्यक्रमका दौरान त्यस्तो उद्घोष यसपटक पनि गरेको छ । त्यो भन्दा पनि अझै अग्रगामी घोषणा गर्ने क्रममा पाँचथरका ८ वटा स्थानिय निकायले एक वडा एक खेल मैदानको अवधारणा नीति तथा कार्यक्रममा समावेश गर्ने गरेका छन्।

तर पनि पाँचथरमा अहिले सम्म इलाभेन ए साइड (११ जना) फुटबल मैदान निर्माण हुन सकेका छैन। सदरमुकाम फिदिममा रहेको फिदिम उच्च माविको खेलमैदान पटक भत्किए पछि जिल्लामा आयोजना हुने नियमित प्रतियोगिताहरु स्थगित भएका छन् ।

दुई वर्ष अगाडि नयाँ सहर आयोजना मार्फत जिल्ला सदरमुकाम फिदिमको बजार क्षेत्रमा अन्तराष्ट्रिय मापदण्डको रंगशालामा बनाउने योजना अघि सारिएको थियो । तर, बजार क्षेत्रमा जग्गा अभाव थियो । सरोकारवालाहरु जग्गा खोज्ने कार्यमा लागे । निकै समय पछि फिदिम ५ का स्थानिय बासिन्दाले जग्गा नि :शुल्क उपल्ब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । स्थानियले भनेको जग्गा निरिक्षण पनि भयो ।

सरोकारवालाहरुले सोहि स्थानमा रंगशाला बनाउन नयाँ सहर आयोजनालाई आग्रह गरे । आयोजना त्यसका लागि तयार पनि भयो । तर, विगतमा भनिएको भन्दा अहिले फरक ढंगले नयाँ सहर आयोजनाले सामान्य खेल मैदान निर्माण गरेको छ । जसले स्थानिय बासिन्दा निराश भएका छन् । स्थानियहरुले फिदिम नगरपालिकालाई ६१ रोपनी जग्गा पास गरेर दिएका थिए ।

अहिले फिदिम उच्च माविको मैदानमा नाइन ए साइड (९ जना) खेल्न मिल्ने रंगशाला निर्माणका लागि टेन्डर खुलेपछि फिदिम ५ का स्थानियहरुमा अब आफ्नो ठाँउमा रंगशाला भन्नेमा शंका गर्न थालेका छन् । ‘रंगशाला बनाउन भनेर यता जग्गा लिइएको छ, स्थानियहरुले खेतीयोग्य स्थानिय सरकारलाइ दिएका छन् तर फिदिम बजारमा फिदिम माविको नाइन ए साइड खेल मैदान बनाउन ठेक्का खुलाएको छ,’ जग्गा दाता मध्येका गगन लावतीले भने,’ तर हामीलाई वास्ता गरिएन यसले हामीलाई थप सशंकित बनाएको छ ।’

रंगशालाका लागि भनेर उपलब्ध गराएको जग्गामा फोहोर फाल्ने डम्पिङ साइट बनाउन लागिएको आशंका स्थानियले गर्न थालेका छन् । स्थानियले जग्गा दिएर आफ्नो प्रतिबद्धता पुरा गरेको तर स्थानिय नियकाले भने अहिले बजेट छुट्टाउनुको सट्टा त्यसबाट तर्कन खोजेको आरोप जग्गादाता तथा जग्गा प्राप्ती समितिका अध्यक्ष रामचन्द्र नेपालको छ ।

स्थानीयबासीले जग्गा उपलब्ध गराएपछि नयाँ सहर आयोजनाले मैदान सम्याउने काम गरेको थियो । ६१ मध्ये ३१ रोपनी क्षेत्र सम्याउने काम बाहेक बाँकी काम अधुरै छ । प्यारापिटसहित रंगशाला बनाउने भनिएपछि स्थानीयमा खुसी थिए । तर स्थानिय निकायका प्रतिनिधिले जग्गा दातालगायत स्थानियलाई आश्वस्त पार्ने प्रयास पनि गरेका छैनन् । स्थानिय प्रतिष्ठित फाल्गुनन्द गोल्डकप, पाँचथर गोल्डकप लगायतका अन्य प्रतियोगिता समेत फिदिम उच्च माविको मैदानमा हुँदै आएको थियो ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.