default_image

4 years ago

June 9, 2020

मार्सेलो र रामोस : रियलको सदाबहार जोडी

41 views

0 Bookmark

एजेन्सी – सन् २००७ जनवरी ७ को दिन । रियल म्याड्रिड डेपोर्टिभो ला कोरुनाविरुद्ध खेलिरहेको थियो । रियल २-० ले पछाडी पर्ने बितिक्कै तत्कालिन रियलका प्रशिक्षक फाबियो कापेलोले डिफेन्समा परिवर्तन गर्ने निर्णय लिए ।

कापेलोले खेलाडी परिवर्तनका रुपमा ब्राजिलियन युवा डिफेन्डर मार्सेलोलाई डेब्यु गराए । त्यसबेला लेफ्ट ब्याक पोजिसनमा रहेका सर्जियो रामोस मार्सेलो आएपछि राइट ब्याक भूमिकामा गए । त्यसयता १३ वर्ष बितिसक्दा पनि रामोस र मार्सेलो रियलको डिफेन्समा अझैपनि सँगै देखिने गर्छन् ।

हालसम्म रामोस र मार्सेलोले रियलको जर्सीमा एकसाथ ३ सय ९६ खेल खेलिसकेका छन् । मार्सेलोले रामोससँगको समझदारी र लामो सम्बन्धबारे सकर म्यानेजमेन्ट एजेन्सीसँगको अन्तर्वार्तामा चर्चा गरेका छन् । उनले रामोसलाई आफ्नो परिवारजस्तै रहेको बताए ।

‘ लामो समयदेखि सर्जियो मेरा लागि नजिकका साथी रहेका छन् । उनले मलाई धेरै कुरा सिकाएका छन् र म उनलाई दाजुजस्तो मान्छु । मेरो लागि उनको विशेषता भनेको कहिल्यै हार नमान्ने संकल्प हो । यस्तो विशेषता निकै कम मान्छेमा हुन्छ,’ मार्सेलोले भने ।

रामोस र मार्सेलो हाल क्रमश: रियल म्याड्रिडको कप्तान र उपकप्तानका रुपमा रहेका छन् । यी दुईले रियलको जर्सीमा साथ रहेर २१ उपाधि जितिसकेका छन् । सन् २००७ मा ला लिगा उपाधिबाट सुरु भएको यात्रा पछिल्लो दशकमा झनै उत्कृष्ट हुँदै गएको छ ।

रामोसले आफ्नो करीअरमा डिफेन्सको सबै पोजिसनमा खेलेका छन् । उनको प्रदर्शन यस्तो गजबको छ की आफ्नो प्राकृतिक पोजिसन कुन हो भन्ने पनि यकिन छैन । यता मार्सेलो भने पटक पटक अन्य खेलाडीसँग पहिलो रोजाईमा पर्न प्रतिस्पर्धा गर्दै आएका छन् । सन् २०१४ को च्याम्पियन्स लिग फाइनलमा फाबियो कोएन्ट्राओले पहिलो रोजाईमा खेलेका थिए ।

रामोस र मार्सेलो लिगमा एकैसाथ सर्वाधिक खेल खेल्ने सुचिमा भने शीर्षस्थानबाट टाढा छन् । चोटका कारण कहिले मार्सेलो त कहिले रामोस मैदानबाहिर रहँदै आएका छन् । यो कीर्तिमान भने रियलको चिर परिचित प्रतिद्वन्द्वी बार्सिलोनाका दुई खेलाडीको नाममा छ । हाल बार्सिलोनाका कप्तान रहेका लिओनेल मेस्सी र सर्जियो बुस्केट्सले एकसाथ ५ सय १२ खेल खेलेका छन् ।

रामोस र मार्सेलोले पछिल्लो १३ वर्षमा मैदानभित्र खेलाडी परिवर्तन भएको त देखेका छन् नै, मैदानबाहिर पनि निकै परिवर्तन हेर्न पाएका छन् । यी दुईले रियलको जर्सीमा खेलिरहँदा क्लबमा १० प्रशिक्षक र ३ क्लब अध्यक्ष परिवर्तन भएका छन् ।

रामोस र मार्सेलो दुवैको भविष्य भने अहिले ठूलो प्रश्नको रुपमा रहेको छ । रामोसको सम्झौता सन् २०२१ मा समाप्त हुनेछ भने मार्सेलोले सन् २०२२ सम्म अनुबन्धन गरेका छन् । रियलले अब सिजन पिच्छे सम्झौता नवीकरण गर्ने प्रयासमा रहेको कप्तान रामोसले बुझेका छन् । रामोस सान्टियागो बर्नाबाउको नयाँ स्वरुपमा खेलेर मात्र क्लब छोड्न चाहन्छन् ।

यता मार्सेलोको लागि भने अवस्था अझै कठिन छ । फर्लान्ड मेन्डीको आगमनले उनको मैदानमा समय कम भएको छ । उमेर र चोटले पनि उनलाई थप समस्या परेको छ । इटालियन क्लब युभेन्टसको प्रस्ताव नकार्दै उनी रियलमा नै रहेका छन् । र उनी रियलमा नै रहनेमा प्रष्ट छन् ।

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.