6 years ago
June 9, 2020
पोखरा (हाम्रो खेलकुद)– गण्डकी प्रदेशका ८ जिल्ला फुटबल संघका अध्यक्ष संयुक्त बैठक बसि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको पक्षमा उभिएका छन् । जेठको सुरुवातमा एक वेभ पोर्टललाई दिएको अन्र्तवार्तामा ग्रसरुट फुटबलका विषयमा बोल्ने क्रममा शेर्पाले तराई राष्ट्रियताका कमी रहेको बताएपछि विवादमा तानिएका थिए ।

शेर्पाको विवादास्पद अभिव्यक्तिका विषयमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सोमबार प्रतिनिधि सभामा जवाफ समेत दिएका थिए । सांसद प्रदीप यादवले शेर्पाको अभिव्यक्तिको छानबिन गर्दै कारवाही गर्नुपर्ने माग राख्ने क्रममा मन्त्रीलाई आरोप लगाएपछि उनी पनि विवादमा परेका थिए ।
यादवले एन्फाले खेलकुद मन्त्री विश्वकर्मालाई माया गर्ने गरेको र १७ करोड रुपैयाँ दिएको भन्दै आरोप लगाएका थिए । त्यसको जवाफमा मन्त्री विश्वकर्माले यादवलाई आरोप प्रमाणित गर्न चुनौती दिएका थिए । सोही क्रममा मन्त्रीले एन्फा अध्यक्ष शेर्पाको अभिव्यक्तिका विषयमा आफुलाई जानकारी नभएको बताएका थिए ।
एन्फाका उपाध्यक्ष कृष्ण थापा, सहायक महासचिव विश्व पौडेल, तनहुँ एन्फाका अध्यक्ष समेत रहेका केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठ र अर्का सदस्य एलबी ज्वाराचनको समेत उपस्थितिमा भएको जुम बैठकमा ८ अध्यक्षले सामूहिक धारणा बनाएका थिए । संयुक्त विज्ञप्ती जारी गर्दै गण्डकी प्रदेशअन्तर्गतका एन्फा जिल्ला अध्यक्षले एन्फा अध्यक्ष शेर्पाले ग्रासरुट फुटबलको विषयमा दिएको अभिव्यक्ति लिएर सांसद यादवले राजीनामा माग गरेको विषयमा ध्यानाकर्ष भएको जनाएको छन् ।
अध्यक्ष शेर्पाले दिएको अभिव्यक्तिलाइ अतिरन्जित र तोडमोड गरि उहाँलाई काम गर्न नदिने षडयन्त्रका साथै फुटबलको विकासलाई कमजोर पार्न एन्फा भित्रै केहि व्यक्तिहरु लागि परिरहेको उनीहरुको निष्कर्ष छ । विज्ञप्तीमा भनिएको, त्यस्ता व्यक्तिहरुलाई समेत अनुशासनको कारवाही दायरामा ल्याउनु पर्ने, बेलैमा सम्पूर्ण फुटबल प्रेमीहरु सचेत हुनुका साथै त्यस्ता व्यक्तिको विरुद्धमा एकजुट हुन गण्डकी प्रदेशका फुटबलकर्मी अनुरोध गर्दछ ।
उनीहरु सांसद यादवले मन्त्री विश्वकर्माले एन्फाबाट १७ करोड रुपैयाँ लिएको भन्ने निराधार आरोपलाई पुष्टि गर्न चुनौती दिदै उनीहरुले निराधार र कपोलकिल्पत आरोप लगाउने सांसदको राजीनामा माग गरेका छन् । बैठकले गण्डकी प्रदेश अन्तर्गत कास्कीको माछापुच्छ«े गाँउपालिकाको भेडाबारीमा बहुउद्देश्यिय तालिम केन्द्र निर्माणका लागि १७ करोड ५५ हजार रुपैयाँ विनियोजन गरेकोले बैठकले एन्फालाई धन्यवाद दिएको थियो ।
चैत १९ गते बसेको एन्फाको केन्द्रिय समितिको बैठकले प्रत्येक जिल्ला फुटबल संघलाई विभिन्न प्रतियोगिता लगायत सचिवालय संचालनको लागि एकमुष्ठ १० लाख, खेलकुद सामग्री खरिदका लागी १ लाख, कोभिड–१९ (कोराना) का कारण समस्यामा परेको फुटबलकर्मीलाई राहत स्वरुप प्रत्येक जिल्ला संघलाई ७५ हजार रुपैयाँ दिने निर्णय पनि बैठकले स्वगात गरेको छ ।
बैठकपछि केन्द्रिय समितिका प्रतिनिधिसँगै जिल्ला अध्यक्ष लोकेन्द्र गुरुङ (लमजुङ), राजराज गुरुङ (बागलुङ), मुक्त राना( स्याङजा),सेतवहादुर पुन (नवलपुर), मिलन गुरुङ (कास्की),दिपेन्द्र श्रेष्ठ (गोरखा) र निरज गुरुङ (मनाङ) ले संयुक्त रुपमा विज्ञप्ती जारी गरेका हुन् । कास्की जिल्ला फुटबल संघले निलम्बन गरेका मिलन गुरुङ अध्यक्षकै हैसियतमा मंगलबारको बैठकमा सामेल भएका थिए ।
ग्रासरुट कार्यक्रमका लागि नेपाली सेना सँगको सहकार्यमा तराईका जिल्ला (सप्तरी, सिराहा, धनुषा र महोत्तरी) मा ग्रासरुटको कार्यक्रम सुरु गरेको बताउँने क्रममा एन्फा अध्यक्ष शेर्पाले राष्ट्रियताको प्रसंग उठाएका थिए । उक्त अन्तर्वार्तामा शेर्पाले आर्मीसँगको सहकार्यमा ग्रासरुट सुरु गर्नुको दुई वटा कारण रहेको बताएका थिए ।
‘एउटा तराईको बच्चाहरुलाई फुटबल प्रति आकर्षण गर्नका को लागि । अर्को राष्ट्रियता सिकाउनको लागि हामीले गर्यौं,’ उनले भनेका थिए,’ तराई तिर जाँदा राष्ट्रियताको फिलिङ अलि कम पाइन्छ । त्यसले गर्दा आर्मीको ब्यारकेमा प्रशिक्षण लिन आउँदा त्यहाँ राष्ट्रिय गित पनि सिक्ने नेपालको विषयमा चर्चा हुने भएकाले फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले हामीले काम गरेका छौं ।’
एन्फा अध्यक्ष शेर्पाले भने आफ्नो अभिव्यक्तिका लागि माफी मागेका थिए । बुधबार विज्ञप्ती जारी गर्दै अन्तवार्ताको क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजुभाई तथा दिदी बहिनी एवम् त्यस क्षेत्रका नेपालीहरुमा कुनै चोट वा ठेस पुग्न गएमा त्यसप्रति हार्दिक क्षमा याचना गरेका थिए ।
सोही विज्ञप्तीमा उनले भनेका थिए, ‘अनलाईन अन्तर्वाताको क्रममा व्यक्त भावना भन्दा पनि शाब्दिक अर्थमा मात्रै धेरै ध्यान दिइएको छ । तर मेरो अभिप्राय तथा भावना कुनै पनि भाषा, वर्ग, धर्म लिंग तथा सम्प्रदायको नेपालीको राष्ट्रियतथामा प्रश्न गर्ने थिएन र कदापि होइन पनि ।’
शर्पाको विवादास्पत अभिव्यक्तिको छानविन गर्न एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ र पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठले फिफालाई छुट्टा छुट्टै उजुरी गरेका थिए । एन्फा अन्तर्गत नै रहेका ४ जिल्ला फुटबल संघ (काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ) का अध्यक्षले संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना एन्फा अध्यक्ष शेर्पालाई कारवाही गर्न उजुरी दिएका दिए ।

December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]