6 years ago
June 10, 2020
एजेन्सी – कोरोना भाइरसका कारण स्थगित भएपछि सुचारु हुने तयारीमा रहेको इटालियन सिरी ‘ए’ पुन: संक्रमणको कहर आएको खण्डको च्याम्पियनबिना नै रद्द हुने इटालियन फुटबल महासंघ (एफआईजीसी) ले जनाएको छ ।

महासंघको सोमबार बसेको बैठकमा लिगको उपाधि विजेतासँगै अन्य स्थान निर्धारणका लागि विकल्पका बारेमा छलफल गरिएको थियो । कारणवश लिग पुन: स्थगित गर्नुपरेको अवस्थामा प्लेअफ खेलाउने अथवा अन्य कुनै पद्दतिबाट स्थान निर्धारण गर्ने विषयमा चर्चा भएको थियो ।
केहि क्लबले यसमा असमर्थता जनाएपनि महासंघले प्लेअफ सम्भव हुँदासम्म प्लेअफ र त्यसपछि होम र अवे खेलको नतिजाको आधारमा लिगको स्थान निर्धारण गर्ने निर्णय लिएको हो । सिरी ए जुन २० देखि सुचारु हुने तयारी रहेको छ । मार्च ९ देखि स्थगित भएको लिग सुचारु हुँदा बन्द रंगशालामा खेल हुनेछन् । लिग अगष्ट २ सम्म चल्ने महासंघले जनाएको छ ।
महासंघले स्वास्थ्य र सुरक्षाका कारण सबै खेल समाप्त हुन नसक्दा प्लेअफका आधारमा लिगको अन्तिम स्थान निर्धारण हुनेछ । प्लेअफ पनि सम्भव नहुँदा भने हालसम्म होम र अवे खेलको नतिजाको आधारमा अन्तिम स्थान गणना हुनेछ । यस पद्दतिबाट लिगको स्थान निर्धारण गरेर रेलिगेसन र युरोपेली छनोटका लागि टोलीको छनोट हुनेछ । लिग च्याम्पियन भने घोषणा हुने छैन ।

लिगमा अझैपनि १२ चरणका खेल बाँकी छन् । २५ औं चरणका चार खेल पनि हुन बाँकी छ । हाल लिगको शीर्षस्थानमा रहेको युभेन्टस दोस्रो स्थानको लाजियो भन्दा १ अंकले अगाडी छ । इन्टर मिलान भने दोस्रो स्थानको लाजियोभन्दा ८ अंक पछाडी र चौथो स्थानको एटलान्टाभन्दा ६ अंकले अगाडी छ । हाल लिगको रेलिगेसन क्षेत्रमा लेच्चे, एसपीएएल र ब्रेसिया रहेका छन् ।
महासंघले २० जुनमा लिग सुरु हुन नसकेको खण्डमा जुलाई १० लाई लिग सुचारु गर्न सकिने अन्तिम मितिको रुपमा तोकेको छ । कोरोनाबाट बच्न लिगले जारि गरेको स्वास्थ्य नियम उल्लङ्घन गर्ने टोलीले जरिवाना, अंकको कारवाही देखि लिगबाट बर्खास्तसम्मको सजाय भोग्न सक्ने महासंघले जनाएको छ ।
यसैगरी इटालीमा यसपटक ट्रान्सफर विन्डोको मिति पनि पर सारिएको छ । विगतमा जुलाईमा सुरु हुने विन्डो अब सेप्टेम्बरमा सुरु भएर ५ अक्टोबरसम्म चल्नेछ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]