6 years ago
June 10, 2020
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडबाट लोनमा रियल सोसीडाड पुगेका नर्वेका युवा मिडफिल्डर मार्टिन ओडेगार्ड अर्को सिजन म्याड्रिड नफर्कने सोसीडाडका अध्यक्ष जोकिन अपेरिबेले बताएका छन् ।

सोसीडाडमा रहेर उत्कृष्ट प्रदर्शन गरिरहेका ओडेगार्डलाई अर्को सिजन पनि क्लबमा नै राख्ने विकल्प सोसीडाडसँग रहेको छ । अध्यक्ष अपेरिबेले ओडेगार्ड आफैं पनि उच्च लयमा रहेकाले अझै एक सिजन क्लबमै रहने विश्वास व्यक्त गरे । रियलमा हाल टोनी क्रुस, लुका मोड्रीच, क्यासेमिरो, इस्को, मार्को एसेन्सियो लगायत खेलाडी रहेकाले पनि ओडेगार्ड अझै एक सिजन म्याड्रिड नजाने अनुमान गरिएको छ ।
‘ मलाई लाग्छ ओडेगार्ड अझै एक सिजन हामीसँगै रहनेछन् । यो मेरो विश्वास हो र आशा छ उनले यहि गर्नेछन्,’ उनले भने, ‘ यदि उनी सोसीडाडमा बस्न चाहन्छन् भन्ने एक किसिमले ढुक्क बस्ने अवस्था हुन्छ, पछिल्लो वर्षझैं उनलाई समय मिल्छ । निर्णय उनले लिने भएपनि उनी बस्छन् जस्तो लाग्छ ।’

ओडेगार्डले ला लिगाको २८ खेल खेल्दै ७ गोल र ८ असिस्ट प्रदान गरेका छन् । उनकै उच्च प्रदर्शनमा सोसीडाडले कोपा डेल रेको फाइनलमा समेत स्थान पक्का गरिसकेको छ । फाइनलमा सोसीडाडले सहरी प्रतिद्वन्द्वी एथ्लेटिक बिल्बाओको सामना गर्दैछ ।
यद्यपि कोरोना संक्रमणका कारण फाइनल कहिले हुने भन्ने टुंगो लागेको छैन । ‘छोटो समयमा नै फाइनल खेल आयोजना बारे सोच्न सकिन्न । हामीले अहिले नै कुनै मितिबारे यकिन गर्न सकेका छैनौं,’ अपेरिबेले भने, ‘अहिलेको अवस्थामा दर्शकसहित फाइनल गर्ने भन्ने सोच्न सकिन्न । सिजन सकिनुअघि पनि दर्शकसहित खेल गर्न गाह्रो छ ।’
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]