6 years ago
June 10, 2020
एजेन्सी – स्पेनिस क्लब एटलेटिको म्याड्रिडले कारणवश च्याम्पियन्स लिगको सिजन अन्त्य हुन नसकेको खण्डमा आफूलाई च्याम्पियन घोषणा गर्नुपर्ने जनाएको छ ।

क्लबका अध्यक्ष एन्रिके सेरेजोले स्पेनिस रेडियो ओन्दा सेरोसँग दिएको अन्तर्वार्तामा बोल्दै साविक विजेता लिभरपुललाई हराएको कारण प्रतियोगिता रद्द भएमा आफ्नो क्लबलाई च्याम्पियन घोषणा गर्नुपर्ने माग राखेका हुन् । एटलेटिकोले राउन्ड अफ १६ को खेलमा लिभरपुललाई ३-२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो ।
कोरोना भाइरसका कारण राउन्ड अफ १६ अन्तर्गत दोस्रो लेगक ४ खेल अझै सम्पन्न हुन बाँकी छ । यूईएफएले अब बाँकी चरणका खेल एकै लेगको हुने गरि न्युट्रल भेन्युमा प्रतियोगिता गर्ने तयारी गरिरहेको छ । विभिन्न देशका क्लबले खेल्नुपर्ने हुँदा आयोजनमा निकै जटिलता आउने देखिएको छ । यस्तो अवस्थामा लिग नै रद्द हुने सम्भाना पनि छ ।
अध्यक्ष सेरेजोले लिग रद्द भएको अवस्थामा भने एटलेटिकोलाई उपाधि सुम्पनु पर्ने बताए । ‘ अझै पनि नकआउट चरणका केहि खेल बाँकी छन् । यूईएफएले सबै खेल एकै सहरमा गर्ने प्रयास पनि थालेको छ । अहिले स्पेन र पोर्चुगललाई विकल्पको रुपमा हेरिएको छ,’ सेरेजोले भने ।

‘हालसम्म यकिन केहि हुन्छ भने अवस्था छैन । लिग नै रद्द हुने सम्भावना पनि छ । त्यसो भएको खण्डमा जसले अघिल्लो च्याम्पियनलाई पराजित गरेको थियो, उसैलाई नयाँ विजेता घोषित गरिनुपर्छ,’ अध्यक्षले थपे ।
यूईएफएको कार्यसमिति बैठक अब जुन १७ मा हुने तय छ । उक्त बैठकले युरोपेली प्रतियोगिताहरुबारे यकिन निर्णय लिने सम्भावना छ । युइएफएले अगस्तसम्म युरोपेली प्रतियोगिता सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]