default_image

6 years ago

June 10, 2020

लिभरपुल र एभर्टनको खेल गुडिसन पार्कमा हुने

136 views

0 Bookmark

एजेन्सी – मर्सिसाइड डर्बी अन्तर्गत लिभरपुल र एभर्टनबीचको खेल एभर्टनको मैदान गुडिसन पार्कमै गराउने तयारी गरिएको छ । न्युट्रल भेन्युमा खेलाउने तयारी रहेपनि मर्सिसाइडको नगर परिषदको सुरक्षा सल्लाहकार समूहले गुडिसन पार्कमा खेलाउन सुरक्षित हुने बताएका छन् ।

एभर्टनविरुद्धको खेल लिभरपुलको सम्भावित उपाधिको खेलको रुपमा रहेका कारण त्यहाँ लिभरपुलका समर्थकहरुको बाक्लो उपस्थिति हुने अनुमान गरिएको थियो । खेल २१ जुनमा गुडिसन पार्कमै गर्ने योजना अघि बढेको छ । २०० माइल टाढा साउथह्याम्पटनमा भन्दा दुवै पक्षले गुडिसन पार्कमै खेल गराउन उचित ठानेका छन् ।

यसैबीच मर्सिसाइड प्रहरीले लिभरपुलको घरेलु मैदान एनफिल्डमा खेल गराउनको लागि स्वीकृति दिएको छ । यसो हुन सकेमा लिभरपुलले घरेलु सहरमा नै च्याम्पियन बन्नेछ । लिभरपुल ३० वर्षपछि प्रिमियर लिगको उपाधि जित नजिक छ ।

लिभरपुललाई केवल दुई जितको खाँचो रहेको छ । तर, दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी आर्सनलविरुद्ध पराजित भए एक जितबाटै लिभरपुल च्याम्पियन बन्न सक्नेछ । लिभरपुलले दोस्रो स्थानको सिटीलाई २५ अंकले पछि पारेको छ । लिभरपुलको २९ खेलबाट ८२ अंक छ । २८ खेल खेलेको सिटीको ५७ अंक छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.