6 years ago
June 11, 2020
एजेन्सी – बुन्डेस लिगा प्रतिद्धन्द्धी आइनट्राख्ट फ्रान्कफर्टलाई हराउदै बायर्न म्युनिख जर्मन कप (डिएफवी पोकल) को फाइनलमा प्रवेश गरेको छ ।

एलियन्ज एरिनामा भएको खेलमा बायर्नले फ्रान्कफर्टमाथि २–१ को जित निकाल्दै फाइनलमा बायर लिभरकुसनसँगको भेट पक्का गरेको हो ।
बायर्नको फाइनलमा यात्रामा स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की र इभान पेरिसिसले गोल गरे । फ्रान्कफर्टका ड्यानी डि कोस्टाले सान्त्वना गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको १४औं मिनेटमा पेरिसिसको गोलबाट बायर्नले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

उनले थोमस मुलरको पासमा गोल गरेका थिए । ६९औं मिनेटमा फ्रान्कफर्टका ड्यानी डि कोस्टाले बराबरी गोल फर्कापनि ७४औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई खेलमा पुनः २–१ को अग्रता दिलाए । लेवान्डोस्कीले जोसुवा किम्मिचको पासमा गोल गरेका थिए ।
त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न २–१ ले विजयी हुदै फाइनलमा पुग्न सफल भयो । अब बायर्नले उपाधिका लागि ४ जुलाईमा बुन्डेस लिगा प्रतिद्धन्द्धी बायर लिभरकुसनको सामना गर्नेछ । लिभरकुसनले मंगलबार राति साब्रुकेनमाथि ३–० को जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।

बायर्न लिगको पनि उपाधि नजिक रहेको छ । बायर्नले यसअघि विभिन्न संस्करणमा १९ पटक उपाधि जितिसकेको छ । लिभरकुसन भने १९९३ पछि पहिलो उपाधि जित्ने दाउमा हुनेछ । लिभरकुसन २००२ मा फाइनलमा प्रवेश गरेयता पहिलोपटक फाइनलमा पुग्न सफल भएको हो ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]