6 years ago
June 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) र रुस्लान थ्री स्टार क्लबले फरक फरक कार्यक्रम आयोजना गर्दै एन्फाका पूर्व कार्यवाहक अध्यक्ष तथा क्लबका पूर्व अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको पाँचौं स्मृति दिवसमा श्रद्दान्जली सभा आयोजना गरेका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको स्वर्गीय श्रेष्ठको प्रतिमामा बिहीबार माल्यार्पण गरिनुका साथै एक मिनेट मौन धारण गरि श्रद्धान्जली अर्पण गरिएको थियो । सभामा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, एन्फाका पदाधिकारी र रुस्लान थ्री स्टार क्लबका पदाधिकारी, खेलाडी तथा प्रशिक्षकहरुले स्वर्गीय श्रेष्ठको प्रतिमामा माल्यार्पण गरेका थिए ।
एन्फाका अध्यक्ष शेर्पाले स्वोर्गीय श्रेष्ठकै सम्झनामा हरेक वर्ष ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिता आयोजना गर्दै आएपनि यसवर्ष कोरोना महामारीका कारण प्रतियोगिता आयोजना गर्न नसकिएको र आगमी वर्ष कोरोना कहर कमभएपछि यस प्रतियोगितालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष शेर्पाले नेपाली फुटबलमा ललितकृष्णको अतुलनीय योगदान रहेको भन्दै एन्फा परिसरमा निर्माण गरिएको प्रतिमा छैटौ पुण्यतिथिमा उनकै कद सुहाउदो प्रतिमा सार्वजनिक गरिने घोषणा गरे । अध्यक्ष शेर्पाले नेपाली क्लब फुटबलमा ललितकृष्ण श्रेष्ठले नै व्यावसायिकता ल्याउने काम गरेको थपे ।
थ्री स्टार क्लबका अध्यक्ष अरुणमान जोशीले क्लबका पुर्व अध्यक्ष ललितकृष्ण श्रेष्ठकै कारण आफु फुटबलमा लागेको र उनी फुटबलको शालीन व्यक्तित्व रहेको चर्चा गरेका थिए । थ्री स्टार देश विदेशमा चिनिनुमा पनि उनकै हात रहेको अध्यक्ष जोशीले बताए । यस्तै अध्यक्ष जोशीले उनको योजना क्लबका वर्तमान पदाधिकारीले पुरा गर्न लागेको र केही वर्षमा क्लबको आफ्नै छुट्टै भवन निर्माण भइसक्ने बताए ।

यस्तै थ्री स्टार क्लबले पनि दरबार स्क्वायर परिसरमा आफ्ना पूर्व अध्यक्ष श्रेष्ठको श्रद्धान्जली सभा राखेको थियो । सभामा क्लब पदाधिकारीसँगै स्थानीय व्यक्तित्वहरुले आफ्नो सम्झना साटेका थिए । थ्री स्टार क्लबका अध्यक्ष समेत रहेका श्रेष्ठको २०७२ जेठमा नयाँ घरमा सरेकै दिन करेन्ट लागेर निधन भएको थियो ।

December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]