6 years ago
June 12, 2020
एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) को कारण युरोपको सबैभन्दा प्रभावित देश इटलीमा शुक्रबारदेखि फुटबलका गतिविधि फर्कदैछ । इटलीमा ९ मार्चबाट फुटबल अवरुद्ध छ ।

इटालियन फुटबल फेडेरेसन (एफआइजीसी) ले झन्डै तीन महिनादेखि रोकिएको फुटबल गतिविधि शुक्रबारदेखि चलायमान बनाउन लागेको हो । एफआइजीसीले सिरी ‘ए’ सुरु गर्नुअघि कोपा इटालिया सकाउने योजना बनाएको छ । १७ जुनमा कोपा इटालियाको फाइनल खेल हुनेछ । त्यसको तीन दिनपछि सिरी ‘ए’ सुचारु हुनेछ ।
कोपा इटालियाको सेमिफाइनलको दोस्रो लेगमा लिग लिडर युभेन्टस र एसी मिलान तथा इन्टर मिलान र नेपोलीबीच प्रतिस्पर्धा हुदैछ । कोपा इटालियाको खेल झन्डै चार महिनापछि हुन लागेको हो ।
शुक्रबार राति युभेन्टस र एसी मिलानबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । खेल युभेन्टसको घरेलु मैदानमा हुनेछ ।
सेमिफाइनलको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । जर्मन क्लब फ्रान्कफर्टबाट लोनमा खेलिरहेका एन्टि रेबिचको गोलबाट मिलानले खेलमा अग्रता बनाएको थियो । तर, इन्ज्युरी समयमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई हारबाट जोगाएका थिए ।

खेल गोलरहित बराबरीमा सकिए त्यही अवे गोल नै युभेन्टसलाई फाइनल पुग्न पर्याप्त हुन सक्नेछ । एसी मिलानलाई फाइनलमा स्थान बनाउन कम्तिमा जित अथवा २ गोलभन्दा बढीको बराबरी आवश्यक छ । मिलानविरुद्ध युभेन्टसका रोनाल्डोसँगै पाउलो डिबाला, ब्लेइस माटुइडी, जुवान क्वाड्राडो, म्यथिस डि लिग्ट र डगलस कोस्टालगायतका स्टार खेलाडी मैदानमा उत्रदा गोन्जालो हिगुआइनको सम्भावना न्युन रहेको छ ।
यता, एसी मिलानलाई ज्लाटन इब्राहिमोभिच र थियो हर्नान्डेजको अभाव हुन सक्नेछ । ज्लाटन चोटबाट पुनरागमनको पर्खाइमा रहँदा हर्नान्डेज प्रतिबन्धमा छन् । उनले पहिलो लेगमा दोहोरो पँहेलो कार्डसहित रातो कार्ड पाएका थिए । एन्टी रेबिच नै मिलानको मुख्य हतियार हुनेछ ।
बन्द रंगशालामा निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको अवस्थामा सिधै पेनाल्टी हुनेछ ।
अर्काे सेमिफाइनलमा शनिबार इन्टर मिलान र नेपोली प्रतिस्पर्धा गर्दैछ । इन्टर मिलानविरुद्ध नेपोलीले १–० को अग्रता लिएको छ । दोस्रो लेगको खेल नेपोलीको मैदानमा हुनेछ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]