6 years ago
June 12, 2020
प्रकाश तिमल्सिना, काठमाडौं
कोरोना भाइरस कोभिड १९ लाई न्यूनिकरणका लागि सरकारले लकडाउन गरेको ८२ औं दिन भइसकेको छ । लकडाउन चलिरहँदा पनि अखिल नेपाल फुटबल संघ (एन्फा) नयाँ नयाँ घटना भइरहेका छन् ।

एउटा विषय सेलाउन नपाउँदै एन्फामा अर्को विषयले प्रवेश पाउन थालेको छ । तराई तिर राष्ट्रियता अलि कम रहेको भन्ने अभिव्यक्ति कारण एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले झन्डै महिना दिन विवादमा परेका थिए । मधेसी आयोगले शेर्पालाई त्यस्तो अभिव्यक्ति फेरि नदिन सचेत गराएर विवाद मथ्थर भएपछि एन्फामा नयाँ विषयले प्रवेश पाएको छ ।
अब केहि दिनमा टासी घलेलाई एन्फाको मानार्थ अध्यक्षमा पुन: मनोनित भएमा त्यो अचम्म हुने छैन । कारण पछिल्लो केहि समययता उनलाई एन्फामा पुनः प्रवेश गराउने तयारी भइरहेको छ । आन्तरिक तयारीमा जुटिसकेको एन्फामा कुनै समस्या नआए घले पुनः मानार्थ अध्यक्षमा मनोनित हुनेछन् । झन्डै १७ महिना अघि एन्फा केन्द्रिय समितिले घलेलाई बर्खास्त गरेको थियो । अब फेरि उनलाई सोही पदमा पुनः मनोनयनको तयारी भइरहेको छ ।
नेपाल गल्फ संघको अध्यक्ष समेत रहेका घलेको पुन मनोनयका विषयमा छलफल गर्न सोमबार एन्फाको ५ सदस्यीय आपतालिन समितिको बैठक बोलाइएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिएका छन् । जसमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ, उपाध्यात्रय कृष्ण थापा, वीरबहादुर खड्का र उपेन्द्रमान सिंह छन् । दुई उपाध्यक्ष थापा (कास्की) र खड्का (सिन्धुपाल्चोक) मा छन् ।
अहिले चर्चा भएजस्तै पुन: मनोनयन भएमा घले तेस्रो पटक एन्फाको मानार्थ अध्यक्ष हुनेछन् । नरेन्द्र श्रेष्ठ एन्फा अध्यक्ष हुँदा घले पहिलो पटक मानार्थ अध्यक्ष मनोनित भएका थिए । पछि फेरि शर्पाको नेतृत्वमा निर्वाचित कार्यसमितिले उनलाई दोस्रो पटक मानार्थ अध्यक्ष बनाएको थियो । शेर्पालगायतको प्यानललाई निर्वाचनमा सघाएपछि घले मानार्थ अध्यक्ष बनेका थिए ।

शेर्पासँग विवाद बढ्दै गएपछि घलेलाई २०७५ माघको ३ गते एन्फा कार्यसमितिले बर्खास्त गरेको थियो । घलेले आफुलाई बर्खास्त गरेपछि सुरुमा पाटन उच्च अदालत, राष्ट्रिय खेलकुद परिषद्(राखेप) र पछि सर्वोच्च अदालतमा उजुरी दर्ता गराएका थिए । सर्वोच्चले राखेपलाई नै एन्फाको यो विवाद मिलाउन आदेश दिएपछि राखेप सदस्य सचिव रमेशकुमार सिलवालले घलेलाई पुनः मनोनयनका लागि एन्फालाई राजी गराएको श्रोतले बताएको छ ।
यद्दपी अहिले खुलेर यो विषयमा बोल्न भने कोहि तयार छैनन् । कारण कुनै कारण भोली फेरि माहोल बिग्रेला भनेर पनि कोहि यो विषयमा बोल्न चाहेका छैनन् । घले विधानलाई स्वीकार्दै र विगतको विवादमा आत्मआलोचना गर्दै एन्फा फर्कन लागेको बताइएको छ । घलेले सुरुवात बाटै आफ्नो पुर्न बहालीका लागि लड्ने पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए ।
२०७५ फागुन १३ गते पत्रकार सम्मेलन गर्दै घलेले भनेका थिए,‘ मानार्थ भनेको सम्मान वा पुरस्कार जस्तो । अनि त्यस्तो फिर्ता लिने काम हुन्छ र ? नवीन पाण्डे विदेशी नागरिक भएकोले फिफा कंग्रेसमा नेपालको प्रतिनिधित्व गराउने विषयमा मैले विरोध गरेकै हो । तर, त्यसमा साथीहरुलाई मेरो भनाई चित्त बुझेन ।’
घलेले आफुले एन्फामा गलत कामको सधै विरोध गरेको उल्लेख गर्दै त्यसले गर्दा समय समयमा कित्ता परिवर्तन गर्नुपरेको स्वीकार गरेका थिए । यसअघि उनले शेर्पाविरुद्ध एन्फा अध्यक्षमा उम्मेदवारी दिएका नरेन्द्र श्रेष्ठको पक्षमा मत मागेका थिए । २०७३ मा श्रेष्ठ अध्यक्षमा निर्वाचित भएपछि घलेलाई साधारण सभाले मानार्थ अध्यक्षका रुपमा अनुमोदन गरेको थियो ।
पछिल्लो २०७५ वैशाखमा भएको निर्वाचनमा भने घले शेर्पा प्यानलको पक्षमा उभिएका थिए । ‘नरेन्द्र श्रेष्ठ पनि लामो समय फुटबलमा काम गरेको राम्रो मान्छे भएकोले मैले साथ दिएको हु । तर उहाँहरुले पनि सोचे जसरी काम गर्न सक्नुभएन,’ घलेले भनेका थिए,‘ पछि परिवर्तनको नारा दिएका शेर्पा समूहलाई साथ दिए । तर उहाँहरुले पनि राम्रो काम गर्नुभएन । म फुटबलमा लामो समयदेखि छु । म गलत कामको साथ दिन सक्दिन ।’
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]