default_image

6 years ago

June 12, 2020

रोनाल्डो र डिबालालाई एकसाथ खेलाउन कठिन

180 views

0 Bookmark

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका प्रशिक्षक माउरिजियो सार्रीले सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी फरवार्ड पाउलो डिबालालाई एकसाथ खेलाउने कठिन भएको बताएका छन् ।

रोनाल्डो गत सिजन स्पेनिस क्लब रियल म्याड्रिडबाट १ सय १२ मिलियन युरोमा इटाली आएका थिए । रोनाल्डोको आगमनसँगै डिबालाको प्रदर्शनमा पनि गिरावट आएको थियो । सन् २०१७-१८ सिजनमा २६ गोल गरेका डिबालाले रोनाल्डोको आगमनपछि सोहि भूमिका पाउन नसक्दा गत सिजन जम्मा १० गोल मात्र गर्न सकेका थिए ।

यसै सिजनको सुरुवातमा उनी प्रिमियर लिग क्लब जाने चर्चा पनि चलेको थियो । म्यानचेस्टर युनाइटेड र टोटेनहम हट्स्परसँग छलफल समेत गरेका उनको क्लबबीच समझदारी हुन नसक्दा युभेन्टसमा नै रहेका थिए । जारी सिजन पनि डिबालाबाट उच्च प्रदर्शन हुन सकेको छैन । रोनाल्डोले भने लगातार दोस्रो सिजन २१ गोल गरिसकेका छन् ।

प्रशिक्षक सार्रीले रोनाल्डो र डिबाला दुवैलाई एकसाथ खेलाउन निकै कठिन हुने भएपनि यस चुनौतीलाई भने खुसीसाथ स्वीकार्ने बताए । ‘ डिबाला उत्कृष्ट खेलाडी हुन् । समस्या यो हो की रोनाल्डो र डिबाला दुवै एकसाथ मैदानमा उतार्न कठिन छ । दुवैलाई एकसाथ खेलाउने रणनीति बनाउन सहज छैन,’ सार्रीले भने ।

‘जब एकै स्तरका दुई खेलाडी टोलीमा हुन्छन्, अन्य खेलाडीले पनि त्यहि अनुसार आफ्नो खेल बनाउनु पर्छ । आक्रमणमा होस् या डिफेन्समा, आफ्नो प्रदर्शन टोलीको आवश्यकता अनुसार ढाल्नुपर्छ,’ उनले थपे ।

पछिल्लो समय मिडफिल्डर मिरालेम प्यानिचको प्रदर्शनलाई लिएर पनि टिकाटिप्पणी हुँदै आएको छ । विशेषगरी उनको बार्सिलोनासँग निकटतालाई लिएर ट्रान्सफर बजारमा हल्ला चलेको छ । सार्री भने अहिलेलाई उनको भविष्य युभेन्ट्समा नै रहेको बताउँछन् ।

‘मिरालेमसँग मेरो कुराकानी भएको थियो । उनी स्तरीय खेलाडी हुन् र लगातार ४-५ खेल उनले नराम्रो खेल्दा टोलीलाई घाटा हुन्छ । पछिल्लो समय त्यसो भएपनि उनी पुनरागमन गर्न तत्पर छन् । मानसिक रुपमा उनी मैदान फर्केर टोलीलाई सफलता दिलाउन कुरिरहेका छन्,’ सार्रीले भने ।

yb

झन्डै ३ महिनाको अन्तरालपछि युभेन्टसले कोपा इटालियाअन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा शुक्रबार एसी मिलानसँग खेल्दैछ । पहिलो लेग १-१ को बराबरीमा सकिएपछि युभेन्ट्स घरेलु मैदानमा जितसहित फाइनल पुग्ने लक्ष्यमा हुनेछ ।

इटालियन लिगमा पनि शीर्ष स्थानमा रहेको युभेन्टसले शीर्षस्थानमा १ अंकको अग्रता लिएको छ । उच्च लयमा रहेको लाजियोले युभेन्टसलाई चुनौती दिइरहेको छ । च्याम्पियन्स लिगमा पनि युभेन्टसको यात्रा जारी छ । पहिलो लेगमा लियोनको मैदानमा १-० ले पराजित भएको युभेन्टस दोस्रो लेगमा पुनरागमन गर्ने लक्ष्यमा छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.