default_image

6 years ago

June 13, 2020

युभेन्टस कोप्पा इटालियाको फाइनलमा

157 views

0 Bookmark

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टस अवे गोलको आधारमा कोप्पा इटालियाको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएपछि युभेन्टस फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो ।

दर्शकबिना युभेन्टसको मैदानमा खेलिएको खेलको १५ औं मिनेटमा युभेन्टसले अग्रता लिने सुवर्ण अवसर पाएको थियो । आन्द्रीए कोन्टिले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले भीएआरको सहायता लिँदै पेनाल्टी दिएका थिए । तर रोनाल्डोले पेनाल्टीमा गोल गर्न भने सकेनन् । उनको प्रहार पोस्टको भित्रि भागमा लाग्दै मैदानमै फर्किएको थियो । एसी मिलानका गोलरक्षक जियानलुइजी डोनारुम्माले सहि दिशामा डाइभ हानेपनि बल छुन सकेका थिएनन् ।

अग्रता लिन चुकेपानी केहीबेरमा नै युभेन्टसले केहि राहत पायो । रोनाल्डोको पेनाल्टी प्रहार फर्केको बलमा एसी मिलानले काउन्टर गर्ने क्रममा लामो बल खेलाएको थियो । हावामा रहेको उक्त बल रोक्ने प्रयासमा आन्टे रेबिचले युभेन्टसका डिफेन्डर ड्यानीलोमाथि डरलाग्दो फल प्रहार गर्दा रेफ्रीले सिधै रातो कार्ड देखाए ।

२३ औं मिनेटमा रोनाल्डोको प्रहार पोस्टभन्दा थोरै टाढाबाट बाहिरियो । ३१ औं मिनेटमा फ्रान्सेली मिडफिल्डर ब्लेस माटुइडीले उत्कृष्ट बल नियन्त्रण गर्दै पेनाल्टी क्षेत्र नजिकबाट गरेको प्रहार गोलरक्षकले विफल पारिदिए । पहिलो हाफको इन्ज्युरी समयमा लिओनार्डो बोनुचीको हेडरले पोस्टको दिशा लिन नसक्दा युभेन्टस अग्रता लिनबाट चुक्यो ।

दोस्रो हाफको सुरुवातमा नै एसी मिलानका हाकन चाल्हानोग्लुको हेडरले पोस्टको दिशा लिन सकेन । एक खेलाडी कम खेलेपनि मिलानले खेलमा युभेन्टसलाई दबाब बनाउन दिएन । युभेन्टसले दोस्रो हाफमा मिडफिल्ड नै परिवर्तन गरेपनि अग्रता लिन भने संघर्ष जारी रहयो ।

८० औं मिनेटमा पाउलो डिबालाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक डोनारुम्माले उत्कृष्ट ढंगले बचाए । लगत्तै कर्नरमा युभेन्टसले फाइदा उठाउन सकेन । इन्ज्युरी समयको चौथो मिनेटमा एलेक्स सान्ड्रोको प्रहार डोनारुम्माले बचाएपनि मिलानको यात्रा सेमिफाइनलमा सिमित भयो ।

युभेन्टसले अब उपाधिका लागि इन्टर मिलान र नेपोलीबीच दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । पहिलो लेगमा नेपोलीले इन्टरमाथि १-० को जित दर्ता गरेको थियो । दोस्रो लेग नेपोलीको मैदानमा शनिबार हुनेछ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.