6 years ago
June 13, 2020
एजेन्सी – ड्यानियल ओल्मोको दुई गोल सहयोगमा आरबी लाइप्जिगले जर्मन बुन्डेस लिगामा होफेनहाइनमाथि २–० को सहज जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा ओल्मोले पहिलो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गर्न सफल भएको थियो । होफेनहाइनको मैदानमा खेलको नवौं मिनेटमा ओल्मोले गोल गर्दै लाइप्जिगलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि मार्सेल सवित्जरको पासमा ओल्मोले व्यक्तिगत दोस्रो गोल गर्दै लाइप्जिगलाई शुरुवातमै २–० को अग्रता दिलाए ।
शुरुवातमै २–० ले पछि परेपछि घरेलु टोलीले सुधारिएको खेल पस्कदै लाइप्जिगलाई दवावमा राखेपनि गोल नसक्दा पराजित हुन पुग्यो । लाइप्जिगले भने उक्त अग्रतालाई जोगाउन सफल भयो । जितसँगै लाइप्जिगले अर्काे सिजनको लागि च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।

तेस्रो स्थानमा रहेको लाइप्जिगको ३१ खेलबाट ६२ अंक पुगेको छ । एक खेल कम खेलेको बोरुसिया डर्टमुन्डको ६३ अंकसहित दोस्रो स्थानमा छ । शीर्षस्थानको बायर्नको ७० अंक छ । पराजित होफेनहाइन ४३ अंक जोडेर सातौ स्थानमा यथावत छ ।
बुन्डेस लिगामा आज राति ६ खेल हुदैछ । शीर्षस्थानको बायर्न म्युनिखले बोरुसिया मोन्चेनग्लाडवाचसँग प्रतिस्पर्धा गर्दा दोस्रो स्थानको बोरुसिया डर्टमुन्डले फोर्टुना डुसेलडर्फको सामना गर्नेछ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]