6 years ago
June 13, 2020
एजेन्सी – स्पेनिस ला लिगामा भ्यालेन्सिया र लेभान्टेले नाटकीय बराबरी खेल्दा ग्रानडाले गेटाफेमाथि पूनरागमन जित निकालेको छ । भ्यालेन्सिया र लेभान्टेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाड्दा ग्रानडाले गेटाफेमाथि २–१ को पूनरागमन जित निकालेको हो ।
निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेल बराबरीतर्फ नै धकेलिदा खेलको ८९औं मिनेटमा रोड्रिगोले गोल गर्दै घरेलु टोलीलाई जिततर्फ अघि बढाएको थियो । १० खेलाडीमा समेटिएको लेभान्टेले इन्ज्युरी समयको थप गरिएको आठौं मिनेटमा गोल गर्दै भ्यालेन्सियाबाट १ अंक खोस्न सफल भयो ।
इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा भ्यालेन्सियाका रुवेन भेजोले मोउक्टर डियावीलाई पेनाल्टी बक्समा फउल गरेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री भिएआरको सहायतामा लेभान्टेलाई पेनाल्टी दिएको थियो । जसमा गोन्जलो मेलेरो चुकेनन् ।

त्यसअघि खेलको ७४औं मिनेटमा रोजर दोहोरो पँहेलो कार्ड खादै मैदानबाट बाहिरिदा लेभान्टे १० खेलाडीमा समेटिएको थियो । बराबरीसँगै भ्यालेन्सिया सातौ स्थानमा यथावत रहँदा लेभान्टे ३४ अंक जोडेर १२औं स्थानमा उक्लन सफल भएको छ ।
यस्तै ग्रानडामा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा डेभिड टिमोर कोपोभीको गोलबाट घरेलु टोली पहिलो हाफमा १–० ले पछि परेको थियो । ७०औं मिनेटमा आत्मघाती गोलबाट घरेलु टोली खेलमा फर्किएको थियो ।
कार्लाेस फर्नान्डेजको प्रहारलाई डिजेनले जोगाउन खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । ८०औं मिनेटमा कार्लाेस फर्नान्डेजले गोल गर्दै घरेलु टोलीलाई खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा ग्रानडा २–१ ले विजयी हुन सफल भयो ।
जितसँगै ग्रानडा २८ खेलबाट ४१ अंक जोडेर आठौं स्थानमा उक्लदा हारपछि गेटाफेलले शीर्ष चारमा पुग्ने मौका गुमाएको छ । गेटाफे ४६ अंकसहित पाँचौं स्थानमा यथावत छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]