default_image

6 years ago

June 14, 2020

नेयमार क्वारेन्टिनमा बस्नै पर्ने

231 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन तथा ब्राजिलियन राष्ट्रिय टोलीका फरवार्ड नेयमार ब्राजिलबाट फ्रान्स फर्केने तयारीमा छन् । कोरोना भाइरस कोभिड १९ को संक्रमणले विश्वव्यापी महामारीको रुप लिन थालेपछि नेयमार स्वदेश फर्केका थिए ।

फ्रान्सले शनिबारबाट सिमा खुल्ला गरेको छ । अब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेयमार च्याम्पियन्स लिगको तयारीका लागि फ्रान्स फर्कने तयारीमा छन् । पेरिस फर्केपछि नेयमारले १५ क्वारेन्टिनमा बस्नु पर्नेछ । विदेशबाट फ्रान्स आउने व्यक्ति १५ दिन अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ ।

पिएसजीको टोलीसँग अभ्यास थाल्नुअघि नेयमारले सो नियम पुरा गर्नुपर्ने हुनेछ । त्यसमाथि ब्राजिल कोराना अत्याधिक प्रभावित देशमा पर्दछ । नेयमार जुन २१ मा फ्रान्स फर्केने योजनामा रहेको बताइएको छ । त्यहि दिनबाट पिएसजीले अभ्यास सुरु गर्दैछ । तर, नेयमारले पेरिस फर्के लगत्तै अभ्यासमा सामेल हुन पाउने छैनन् ।

कोरानाका कारण लिग वान सहित युरोपका अधिकांश लिग रोकिएका थिए । बुन्डेस लिगा र ला लिगा सुरु भइसकेको छ । तर लिग वान भने त्यहि अवस्थामा रद्द गरेर शीर्षस्थानको नेयमार सम्मिलित पिएसजी च्याम्पियन बनेको थियो । च्याम्प्यिन्स लिगमा भने पिएसजी क्वार्टरफाइनलमा पुगेको छ ।

केहि दिनमा सरुवा बजार खुल्दा नेयमारका विषयमा फेरि एकपटक चर्चा हुने निश्चित छ । उनीले पीएसजीसँग नयाँ सम्झौता नगरेका कारण क्लब छाड्ने चर्चा चलेको हो ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.