6 years ago
June 14, 2020
एजेन्सी – इन्टर मिलानलाई पराजित गर्दै एसएस नेपोली कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा १–१ गोलको बराबरी खेलेपनि नेपोलीले समग्रमा २–१ को जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।
पहिलो लेगमा नेपोली १–० ले विजयी भएको थियो । खेलभर नै घरेलु टोलीलाई दवावमा राखेपनि नेपोलीले बलियो रक्षापङ्ति तोड्न असमर्थ बन्दा इन्टर मिलान सेमिफाइनलबाटै बाहिरिन बाध्य बन्यो ।
खेलको दोस्रो मिनेटमा नै क्रिस्टियन इरिक्सनको गोलबाट इन्टर मिलानले अग्रता बनाएको थियो । इरिक्सनले कर्नरमार्फत सिधै गोल गरेका थिए । २२औं मिनेटमा ड्रिएस मेर्टिन्सले बराबरीको अवसर खेर फाले २८औं मिनेटमा इरिक्सनको क्रसमा रोमेलु लुकाकुको हेडिङ प्रयास पोस्टबाट थोरै बाहिरियो ।

३२औं मिनेटमा नेपोलीका गोलरक्षक डेभिड ओस्पिनाले लुकाकुकै हेडरलाई उत्कृष्ट बचाउ गरे । ४१औं मिनेटमा ड्रिएस मेर्टिन्सले लारेन्जो इन्सिग्नेको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
दोस्रो हाफमा पनि इन्टर मिलानले लगातार नेपोलीलाई दवावमा राखेपनि गोल गर्न असफल बन्यो । ७६औं मिनेटमा एलेक्सिस सान्चेजले तीन डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार पोस्टबाट थोरै बाहिरियो । लगत्तै इरिक्सनको फ्रिकिकलाई ओस्पिनाले उत्कृष्ट बचाउ गरे । ८१औं मिनेटमा इरिक्सनको प्रहारमा इरिक्सन नै बाधक बन्दा खेल १–१ गोलको बराबरीमा टुंगियो ।
अब नेपोलीले उपाधिका लागि १७ जुनमा युभेन्टसको सामना गर्नेछ । युभेन्टसले एसी मिलानलाई अवे गोलमा पछि पार्दै फाइनलमा स्थान बनाएको थियो ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]