6 years ago
June 14, 2020
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको उपाधिनजिक पुगेको छ । शनिबार राति बोरुसिया मोन्चेनग्लाडवाकमाथि २–१ को जित निकाल्दै लगातार आठौं सिजन उपाधि नजिक पुगेको हो ।

बुन्डेसलिगामा ३ चरणको खेल बाँकी रहँदा बायर्नलाई उपाधिका लागि मात्रै एक जितको खाँचो छ । तीनमध्ये एकमा जित हात पारे बायर्न लगातार आठौं सिजन बुन्डेस लिगा च्याम्पियन बन्नेछ ।
शीर्षस्थानमा रहेको बायर्नको ३१ खेलबाट ७३ अंक पुगेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमुन्डको समान खेलबाटै ६६ अंक छ । कुनै एक खेलमा जित र बाँकी दुई खेल गुमाएपनि बायर्नलाई दोस्रो स्थानको डर्टमुन्डले भेट्नेछैन । बायर्नले बाँकी तीनै खेल गुमाउने र डर्टमुन्डले बाँकी तीन खेलमा जित हात पारेको अवस्थामा भने डर्टमुन्ड च्याम्पियन बन्नेछ ।

बायर्नले अब वेर्डर ब्रेमेन, फ्रेइवर्ग र वल्फ्सवर्गसँग खेल्न बाँकी छ । डर्टमुन्डले माइन्ज, आरबी लाइप्जिग र होफेनहाइनसँग खेल्न बाँकी छ ।
घरेलु मैदान एलियन्ज एरिनामा स्टार फरवार्डद्धय रोवर्ट लेवान्डोस्की र थोमस मुलरविनै मैदान उत्रिएको बायर्नको जितमा युवा प्रतिभा जोसवा जिर्कजी र लियोन गोरेट्जकाले गोल गरे ।
खेलको १६औं मिनेटमा जोन हफमनले गोल गरेपनि भिएआरको मान्यता नपाउदा मोन्चेनग्लाडवाक अग्रता लिनबाट चुकेको थियो । २६औं मिनेटमा १९ वर्षीय जोसवा जिर्कजीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । डच जिर्कजीले लेवान्डोस्कीको अनुपस्थितिमा बायर्नको अग्रपङ्ति सम्हालेका थिए । उनले यो सिजन ८ खेलमा ४ गोल गरिसकेका छन् ।
३७औं मिनेटमा बेन्जामिन पाभर्डले आत्मघाती गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । ब्रिल इम्वोलोको क्रसलाई क्लियर गर्न खोज्दा पाभर्डले आफ्नै पस्टमा गोल गर्न पुगेका थिए । खेल सकिन ४ मिनेट बाँकी रहँदा गोरेट्जकाले पाभर्डकै पासमा गोल गर्दै बायर्नलाई २–१ को जितसहित महत्वपुर्ण ३ अंक दिलाए । हारसँगै मोन्चेनग्लाडवाक ५६ अंक जोडेर चौथो स्थानमा यथावत छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]