default_image

6 years ago

June 14, 2020

काभानी र सिल्भाले पीएसजी छाड्ने पक्का

132 views

0 Bookmark

एजेन्सी – ब्राजिली डिफेन्डर तथा कप्तान थियागो सिल्भा र उरुग्वेका फरवार्ड इडिन्सन काभानीले सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने भएका छन् ।

क्लबका निर्देशक लियोनार्दोले ३३ बर्षिया फरवार्ड काभानी र ३५ वर्षीय कप्तान सिल्भा सिजनको अन्त्यसँगै फ्रि ट्रान्सफरमा क्लब छाड्ने पक्का भएको बताएका छन् । सिल्भा र काभनीको सम्झौता यसै सिजनसम्मको अन्त्यसम्म रहेको छ ।

‘यो साँचो हो । उनीहरुले सिजनको अन्त्यसँगै क्लब छाड्नेछन् । हाम्रो योजना उनीहलाई अगष्ट अन्त्यसम्म राख्ने हो । उनीहरुले च्याम्पियन्स लिग खेलुन भन्ने हो,’ निर्देशक लियोनार्दाेले भने । पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगिसकेको छ । युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले च्याम्पियन्स लिग अगस्टमा शुरु गरेर अगस्टमै सकाउने योजना अघि सारेको छ ।

पछिल्लो साता पीएसजीले लोनमा खेलिरहेका मोउरो इकार्डीलाई स्थायी रुपमा अनुबन्ध गरेपछि काभनीको पीएसजीमा भविष्य अनिश्चित बनेको थियो । तर, काभनीले गत सिजन नै पीएसजी छाड्ने मनासय बनाएका थिए । उनी गत जनवरीमा इंग्लिस क्लब चेल्सीसँग जोडिदा अहिले स्पेनिस क्लब एट्लेटिको मड्रिड र इटालियन क्लब इन्टरमिलानसँग जोडिएका छन् ।

इन्टर मिलानले आफ्ना स्टार फरवार्ड लोउटारो मार्टिनेजलाई बार्सिलोनामा बेचेको खण्डमा काभनी अनुबन्ध गर्न सक्नेछ । पीएसजीका सर्वाधिक गोलकर्ता रहेका काभनी २०१३ देखि पीएसजीमा छन् । काभनी २०१३ मा इटालियन क्लब नेपोलीबाट पीएसजी पुगेका थिए । उनले पीएसजीका लागि ३०० खेलमा २०० गोल गरेका छन् ।

चोटका कारण काभानीले यस सिजन पीएसजीबाट मात्रै २२ खेलमा अवसर पाएका छन् । उनले यो सिजन ७ गोल गरेका छन् । यस्तै डिफेन्डर थियागो सिल्भा २०१२ देखि पीएसजीमा छन् । उनी २०१२ मा इटालियन क्लब एसी मिलानबाट पीएसजी पुगेका थिए । उनले पीएसजीबाट ३१० खेल खेल्दै १७ गोल गरेका छन् । सिल्भाले यो सिजन पीएसजीका लागि ३० खेल खेल्दै १ गोल गरेका छन् ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.