default_image

6 years ago

June 14, 2020

रियल म्याड्रिडलाई एइबारको चुनौती

154 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज (आइतबार) तीन खेल हुँदैछ । उपाधि दाबेदार रियल म्याड्रिडले घरेलु मैदानमा एइबारको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति ११ः१५ बजे सुरु हुनेछ ।

त्यसअघि एथ्लेटिक बिल्बाओ र एट्लेटिको मड्रिडबीच साँझ ५ः४५ बजे खेल हुनेछ । अल्फ्रेडो डी स्टेफानो मैदानमा रियल सहज जितको खोजीमा हुनेछ । तुलनात्मक कमजोर एइबारविरुद्ध सहज जित निकाल्दै रियल उपाधि होडलाई जीवितै राख्ने दाउमा हुनेछ । शनिबार राति भएको खेलमा बार्सिलोनाको जितले पनि रियललाई दवाव बढेको छ ।

रियल बार्सिलोनासँग ५ अंकले पछि परेको छ । एइबारविरुद्ध जित हात पार्दै रियल शीर्षस्थानको बार्सिलोनासँगकौ अंक दुरी छोट्याउने दाउमा हुनेछ । रियलको २७ खेलबाट ५६ अंक छ । एक खेल बढी खेलेको बार्सिलोनाको ६१ अंक रहेको छ ।

कोरोनाअघि चोटग्रस्त स्टार फरवार्ड इडेन हजार्ड र मार्काे एसेन्सियोको आगमनले रियल एइबारविरुद्ध सहज जितको खोजीमा हुनेछ । करिम बेन्जेमा, ग्यारेथ बेल, इस्को, भिनिसियस जुनियर, लुका मोड्रिच, टोनी क्रुस र थिवाउट कोर्टुवाजस्ता नाम चलेका खेलाडीको साथ रियललाई हुनेछ ।

यता एइबार रियलविरुद्ध अप्रत्यासित नतिजा निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । इबर २७ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
पछिल्लो ११ खेलको नतिजा हेर्दा रियल ९ खेलमा विजयी हुदा १ बराबरी र १ हारको नतिजा छ । रियल पछिल्लोपटक २०१८ नोभेम्बरमा एइबारसँग ३–० ले पराजित भएको थियो । त्यसपछिको दुवै खेलमा रियल विजयी भएको छ । गत नोभेम्वरमा रियलले ४–० को सानदार जित निकालेको थियो । रियल सोही प्रदर्शनलाई निरन्तरता दिने दाउमा हुनेछ ।

अन्य खेल

एथ्लेटिक बिल्बाओविरुद्ध एट्लेटिको मड्रिड (साँझ ५ः४५ बजे)

रियल सोसिडाडविरुद्ध ओसासुना (राति १ः४५ बजे)

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.