5 years ago
July 8, 2020
एजेन्सी – रियल म्याड्रिडका हामेस रोड्रिग्वेज खेल जीवनको दोबाटोमा रहेका छन् । अब नयाँ सिजनमा उनको खेल जीवनले नयाँ गन्तव्य लिने विश्वास गरिएको छ । रियलमा अहिले उनी त्यति रुचाइएका खेलाडी होइनन् ।

त्यसले उनको प्राथमिकता भनेको एट्लेटिको म्याड्रिडमा रहेको बताइएको छ । डिएगो सिमिओनीको टोलीका लागि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । एट्लेटिकोले उनलाई केहि समयका लागि धैर्यता राख्न भनेको बताइएको छ ।
अब खुल्ने सरुवा बजारको अन्त्यसम्म उनलाई एट्लेटिकोले भित्राउने सम्भावना रहेको बताइएको छ । अघिल्लो ट्रान्सफर विन्डोमा हामेस र एटलेटिकोले चाहेपनि रियलले रोकेपछि ट्रान्सफर सफल हुन सकेको थिएन । पछिल्लो पटक म्यानचेस्टर युनाइटेडले पनि उनीमाथि चासो राखेको चर्चा चलेको थियो ।
रियलमा एक वर्ष सम्झौता बाँकी रहेका उनी ५० मिलियन युरो भन्दा कममा निक्न सकिनेमा क्लबहरुको आशावादी छन् । वल्भनह्याम्टन र एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोटी पनि उनलाई भित्राउन चाहेको बताइन्छ । इटालियन क्लब नेपालीले पनि गत वर्ष उनीलाई भित्राउन इच्छा देखाएको थियो ।
एजेन्ट जर्ज मेन्डिसका कारण उनी वल्भसमा आबद्ध हुन सम्भावना रहेको बताइन्छ । उनी कोलम्बियन स्टारका एजेन्ट हुन् । ब्राजिलियन पूर्व कप्तान कालुले हामेसका लागि इटालिन क्लब उत्तम विकल्प हुने बताएका छन् । मिलानका निर्देशक पाब्लो माल्दिनी पनि हामेसले क्लबमा प्रभाव पार्न सक्ने विश्वास राखेको बताइएको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]